शिशु विकास केन्द्रलाई फुसबल टेबल प्रदान

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १७, २०८१
a957d12a-8c7a-43ce-a060-10da896379ae

पोखरा । नेपाल टेबल फुसबल संघले पोखराको शिशु विकास केन्द्रलाई फुसबल टेबल प्रदान गरेको छ । अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसर पारि संघले केन्द्रमा फुसबल (टेबल साँकर) सहयोग सगै स्थापना गरेको हो । ४७ वर्षदेखि सञ्चालनमा रहेको केन्द्रले डाउन सिन्ड्रोम लगायत विभिन्न न्युरो अवस्थाका बालबालिकाहरुका लागि काम गदै आएको छ ।
फुसबल, जसलाई टेबल साँकर पनि भनिन्छ, जुन फुटबलको मोडलमा आधारित एउटा टेबल खेल हो, जसले ध्यान केन्द्रित गर्ने क्षमता, समन्वय र टोली भावना विकास गर्न सहयोग गर्ने गर्दछ । हालका वर्षहरुमा यो समावेशी गतिविधिका रुपमा लोकप्रिय बनेको छ, जसले विभिन्न क्षमता भएका व्यक्तिहरुको मानसिक र शारीरिक विकासलाई प्रोत्साहन गर्ने काम समेत गर्दछ।
ई–कमर्स प्लेटफर्म दराज नेपालले ढुवानी साझेदारका रुपमा र संकटा क्लब, काठमाडौं ले तालिम साझेदारका रुपमा सहयोग प्रदान गरेका थिए । टेबल स्थापना, अभिमुखीकरण र तालिमका सबै गतिविधि नेपाल टेबल फुसबल संघका संस्थापक तथा महासचिव उमेश घिमिरेले समन्वय गर्नुभएको थियो ।
फुसबल केवल खेल मात्र होइन, यो सहभागिता, अन्तरक्रिया र सीप विकासको माध्यम रहेको भन्दै घिमिरेले यसले यहाँका बालबालिकाहरुलाई मोटर स्किल्स, सामाजिक अन्तरक्रिया र आत्मविश्वास वृद्धि गर्न सहयोग पु¥याउने बताए । यो पहलले बालबालिकाहरुलाई रमाइलो र थेराप्युटिक गतिविधि प्रदान गर्दै उनीहरुको विकासलाई सहयोग गर्ने लक्ष्य आफुहरुको रहेको घिमिरेले बताए ।
हस्तान्तरण कार्यक्रममा संकटा क्लबको तालिम टोलीले केन्द्रका कर्मचारी र देखभालकर्ता लागि अभिमुखीकरण सत्र सञ्चालन गरी, फुसबललाई केन्द्रको दैनिक गतिविधिमा समावेश गर्नका लागि आवश्यक सहजीकरण गरेका थिए ।
नेपालभर फुसबलको प्रवद्धन गर्दै आएको छ, विशेष गरी न्युरोडाइभर्जन्ट बालबालिकाहरुलाई व्यवहार विकासका लागि संलग्न गराउँदै समावेशीता र खेलको माध्यमबाट सशक्तीकरण गर्ने लक्ष्य संघले लिएको उहाँले बताउनुभयो । संघले फुसबललाई सबैका लागि परिवर्तनकारी गतिविधिका रुपमा अगाडि बढाउने आफ्नो यात्रालाई निरन्तरता दिदै आएको उहाँले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives