१४ औ नेशनल प्याव्सन खेलकुद महोत्सवमा फुटबल खेल शुरु

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २१, २०८१
npasan

पोखरा । नेशनल प्याव्सन कास्कीको आयोजनामा १४ औं नेशनल प्याव्सन खेलकुद महोत्सव– २०८१ अन्तर्गत बिहीबार देखि अनौपचारिक रुपमा खेलहरु भएका छन् ।
मंसीर २५ गते औपचारिक उद्घाटन भएपनि बिहीबार देखि अनौपचारिक रुपमा छात्र तर्फ इलाभेन ए साईड फुटबल र क्रिकेट तथा छात्रा तर्फ सेभेन ए साईड फुटल प्रतियोगिता शुरु भएको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिनुभयो ।
बिहीबार भएको छात्र तर्फको इलाभेन ए साईड फुटबल प्रतियोगितामा कास्की मोडनाइज्ड एकेडेमीले होली माउण्टलाई ४–१ गोल अन्तरले पराजित ग¥यो । त्यस्तै ज्ञानज्योति विद्याकुञ्जले वर्डस एकेडेमीलाई १–० ले पराजित गर्दै गर्दा हेम्जा वोर्डिङले अल्फा एकेडेमीलाई टाइबेकर ५–३ ले पराजित ग¥यो ।
याता कान्तिपुर एकेडेमीले लेभनलाई टाइबेरका ५–३ ले पराजित गर्दा पुष्पसदन एकेडेमी ओएएसआईएसलाई ९–० को फराकिलो गोल अन्तरले पराजित गरेको छात्र फुटबल संयोजक अर्जुनप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
त्यस्तै छात्रा सेभेन ए साईड फुटबल प्रतियोगिता तर्फ युनिभर्स वोर्डिङले रिलायन्स पब्लिकलाई टाइबेकरमा ४–३ ले न्यू लेखनाथ पब्लिकले पुष्पसदन एकेडेमीलाई १–० ले त्रिवेणी पब्लिकले एसआरजेलाई ४–१ ले पराजित ग¥यो ।
यता कान्तिपुर एकेडेमीले अञ्जुली वोर्डिङलाई २–० ले ले पराजित गर्दा लिटिल फ्लावरले डायमण्डलाई टाइबेकरमा ४–३ ले पराजित ग¥यो । सनराइजले अल्फा एकेडेमीलाई टाइबेकरमा ३–२ ले पराजित गर्दा गण्डकी एकेडेमीले अक्सफोर्डलाई टाइबेकरमा २–० ले पराजित ग¥यो । अन्तिम खेलमा वड्स एकेडेमीले मर्निङग्लोरीलाई ४–० ले पराजित गरेको छात्रा फुटबल संयोजक हिमला गुरुङले जानकारी दिनुभयो ।
खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडीविद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) मैदानमा प्रतिस्पर्धाका गर्ने छन् ।
जुनियर तर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुनेछन् भने सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जनाउनेछन् ।
त्यसै गरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन् । चार दिनसम्म सञ्चालनहुने उक्त खेलकुद महोत्सवमा कुल ९ सय २९ जनाविद्यार्थीहरू पुरस्कृत हुने छन् २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ ।
यस पटक सडक दौड र पुरुष क्रिकेटलाई पनि समावेश गरिएको छ । मंसीर २२ गते कक्षा १ देखि १० सम्मका छात्र–छात्रा ५ किमि सडक दौड रहेको छ । यो सँगै फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, व्याडमिन्टन, ह्याण्डबल, फुटसल, एथलेटिक्स रहेका छन् ।
जिनियर छात्र–छात्रा (१–७) तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, १००×४ मिटर दौड, लङजम्प, हाइजम्प, ह्याण्डबल, सिङ्गल व्याडमिन्टन, टेबलटेनिस रहेको छ ।
त्यसैगरी सिनियर छात्र–छात्रा तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर ८०० मिटर १००×४ मिटरको दौड रहेको छ भने छात्र तर्फ १५०० मिटरको दौड पनि रहेको छ । कक्षा ११ र १२ को छात्र तर्फ फुटसल र बास्केटबल तथा छात्रा तर्फ बास्केटल प्रतियोगिता रहेको छ ।
त्यस्तै हाइजम्प, लङजम्प भलिवल, डबल व्याटमिन्टन, टेबलटेनिस, बास्केटबल रहेको छ भने छात्र तर्फ इलाभेन ए साईड फुटबल र छात्रा तर्फ सेभेन ए साईड फुटल प्रतियोगिता रहेको छ ।
खेलकुद महोत्सवमा सदस्य विद्यालयका अभिभावक, खेलकुद प्रेमीहरू सहित १ लाख भन्दा बढि दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
मंसीर २५ गते औपचारीक रुपमा पोखरा रङ्गशालामा समुद्घाटन गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन संघिय खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने कार्यक्रम रहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै