पोखरा,२१ मंसिर । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको संचालित सामाजिक विकास केन्द्रले विभिन्न ४७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय ६५ जना विद्यार्थीलाई न्यानो कपडासहित स्टेसनरी सामान बितरण गरेको छ ।
सामाजिक विकास केन्द्रका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनका अनुसार जीविकोपार्जन तथा शिक्षा परियोजनामार्फत् किडासाको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई स्वेटर,स्टेसनरी सामग्री एवं ट्रयाकसुट वितरण गरिएको हो । पोखरा महानगरभित्रका सरकारी विद्यालयका विद्यार्थी लक्षित यो कार्यक्रमबाट विद्यार्थीलाई प्रोत्साहन मिल्ने पनि उहाँले बताउनुभयो ।
विद्यार्थीहरुलाई अध्यक्ष लालचनसहित पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीसहितले ती सामग्री हस्तान्तरण गरेका सामाजिक विकास केन्द्रका सुपरभाइजर सफल बरालले बताउनुभयो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बालबालिकाहरु विद्यालय बाहिर नरहून् तथा निकृष्ट श्रममा बालबालिकाको प्रयोग नहोस् भन्नेमा सबैले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
Related News
सम्बन्धित समाचार
एन प्याव्सन स्पोर्टस् मिट, दश जोड दुई फुटसलमा त्रिवेणी, सिनियर छात्र छात्रा टेबलटेनिसमा वड्स विजयी
१४ औं एन प्याव्सन खेलकुद महोत्सव शुरु
आर्दश कपमा सेमिफाईनल समिकरण पुरा
एन प्याव्सन स्पोर्टस् मिट, छात्रा वास्केटबल ज्ञानज्योति, दश जोड दुइ ग्यालेक्सी, क्रिकेट कास्की मोडनाइज्ड र छात्रा फुटबलमा हेम्जा विजयी
१४ औ एन प्याव्सन खेलकुद महोत्सव जारी
Archives
Archives