हिमालय बचत तथा ऋण सहकारीको अध्यक्षमा मेघराज

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २२, २०८१
himala

पोखरा । हिमालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेमजाको शनिबार सम्पन्न वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले मेघराज त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा चन्द्रप्रसाद सुवेदी, सचिवमा भरतराज अधिकारी, कोषाध्यक्ष प्रकाश त्रिपाठी व्यथिथ, सहसचिवमा मनहरी तिमिल्सिना, सदस्यहरुमा टीकाराम त्रिपाठी, ज्ञानेन्द्र गौतम, पवित्रा भण्डारी सापकोटा, मुक्तिराम अधिकारी, सृजना सापकोटा, कृष्णमाँया पौडेल रहनुभएको छ ।
लेखा समिति संयोजकमा गंगाा अधिकारी, सदस्यहरुमा सन्तमान श्रेष्ठ, जयाराम तिमिल्सिना रहनुभएको छ ।
कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान दश जोड दुईमा उत्कृट अंक ल्याएर उत्तीर्ण हुने शेयर सदस्यका छोरा छोरी, असल ऋणी, उत्कृष्ट वचक कर्ता, उत्कृष्ट बालबचत कर्तालाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो ।
संस्थाको शेयर पूजी ७ करोड ९३ लाख ४३ हजार, निक्षप संकलन १८ करोड ८६ लाख ९३ हजार १ सय ५५, ऋण लागानी २४ करोड २६ लाख २ हजार ५ सय ८७ र जगेडा कोष १ करोड २५ लाख ५६ हजार २ सय ९३ रहेको छ ।
कार्यक्रममा संस्थाका सचिव मेघराज त्रिपाठी, कोषाध्यक्ष प्रकाश त्रिपाठी व्यथित, लेखा समिति संयाजक भरतराज अधिकारी, ऋण समिति संयोजक चन्द्रप्रसाद सुवेदीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी संस्थाका सल्लाहकार तथा पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष मोतिलाल तिम्सिना शेयर सहकारीका सात सिद्धान्तलाई कटिवद्ध रुपमा पालना गरेमा सहकारीलाई कुनै अफ्ठयारो नपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार अर्जुन प्रसाद पौडेल, पूर्व अध्यक्ष तथा सल्लाहकार राजेन्द्र बहादुर सापकोटा, शेयार सदस्यबाट परशुराम अधिकारी, मुक्तिराम अधिकारी, सृजना सापकोटा लेखा परिक्षक विष्णुप्रसाद वरालले बोल्नुभएको थियो ।
हिमालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधवशरण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ऋण समिति संयोजक चन्द्र सुवेदीले स्वागत र सचिव मेघराज त्रिपाठीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै