पोखरा। इनर व्हिल क्लव अफ पोखराको आयोजना तथा नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
मादी गाउँपालिका वडा नं ६ तप्राङ्मा आयोजित यौनजन्य संक्रमणको परामर्श तथा परिक्षण र पाठेघरको मुखको क्यान्सर परिक्षण शिविरबाट झण्डै एक सय जना लाभान्वित भएका छन् । कार्यक्रमका लागि अमेरिका निवारी देवीरमण सापकोटाले सहयोग गर्नुभएको थियो ।
शिविरमा स्त्री रोग विशेषज्ञ डा चुम माया पुनले सहजिकरण गर्नुभएको थियो ।
शिविर उद्घाटन गर्दै मादी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष दिल बहादुर क्षेत्रीले सामाजिक संघ संस्थासँग समन्वय गरी अघि बढ्न तयार रहेको उल्लेख गर्नुभयो ।
त्यसअवसरमा नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देल र पोखरा महानगपालिका वडा नं १३ की वडा सदस्य रजनी परियारले सरकार र संघसंस्था मिलेर काम गर्दा उपलब्धि हुने उल्ल्ेख गर्नुभयो ।
इनर व्हिल क्लव अफ पोखराका अध्यक्ष रेष्मा बैद्यको अध्यक्षतामा भएको कार्यक्रममा क्लवको संस्थापक अध्यक्ष सोनु सिग्देल, तप्राङ् स्वास्थ्य चौकी इञ्चार्ज शोभाकान्त पौडेल र महारुद्र्र माविका प्रधानाध्यापक डिल्लीराम देवकोटाले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
एन प्याव्सन स्पोर्टस् मिट, दश जोड दुई फुटसलमा त्रिवेणी, सिनियर छात्र छात्रा टेबलटेनिसमा वड्स विजयी
१४ औं एन प्याव्सन खेलकुद महोत्सव शुरु
आर्दश कपमा सेमिफाईनल समिकरण पुरा
एन प्याव्सन स्पोर्टस् मिट, छात्रा वास्केटबल ज्ञानज्योति, दश जोड दुइ ग्यालेक्सी, क्रिकेट कास्की मोडनाइज्ड र छात्रा फुटबलमा हेम्जा विजयी
१४ औ एन प्याव्सन खेलकुद महोत्सव जारी
Archives
Archives