लेखनाथ महोत्सवलाई महिलाको साथ

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २९, २०८१
mahila samuha bhela 01

पोखरा । लेखनाथउद्योग वाणिज्य संघ र नेपालउद्योग वाणिज्य महासंघको आयोजनामा आगामी पुस १८ गतेदेखि हुने २०औँ लेखनाथमहोत्सवलाई सफलबनाउन लेखनाथका विभिन्नआमा÷महिला समूहले सघाउने भएका छन ।
माघ १ गतेसम्म सञ्चालन हुने महोत्सवको विषयमा आयोजित छलफल कार्यक्रममा सहभागि विभीन्न आमा÷महिला समूहका प्रतिनिधिहरुले आ–आफ्नो तर्फबाट सक्रियता पूर्वक सहभागि भई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले महोत्सवको तयारीका विषयमा जानकारी दिंदै यहाँका विभिन्न संघ संस्था र समूहहरुले आफ्नो महोत्सवको रुपमा अपनत्व लिएका कारणले लेखनाथ महोत्सव महोत्सवहरुको पनि महोत्सव हुन सफल भएको बताउनुभयो ।
उहाँले महोत्सवमा महिला÷आमा समूहको सहभागीता रत्यौेली र नाचगान कार्यक्रमहरुमा मात्र नभई संघले विभिन्न तालिमहरुको माध्यमबाट उद्यमी भएको हेर्न चाहेको बताउनुभयो।
यस्तै महिला÷आमा समूह परिचालन उप–समितिकी संयोजक सन्ध्या दाहालले महिलाहरुको सक्रिय सहभागिताका कारण झाँकी ¥याली, रत्यौलीलगायतका कार्यक्रमहरु सफल भएकोले यस पटक पनि सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
रत्यौली कार्यक्रम उप–समितिकी संयोजक गंगा मल्लले कार्यक्रमले महोत्सवमा बेग्लै रौनक प्रदान गर्नुका साथै कला संस्कृतिको समेत जर्गेना गर्ने बताउँदै विगतभएका कमजोरीहरुलाई सुधार गर्दै यसपालीको कार्यक्रम अझै परिष्कृत र उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा निवर्तमान अध्यक्ष क्षत्रधर आत्रेय, पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, झाँकी ¥याली व्यवस्थापन उप समितिकी संयोजक बुद्धि कुमारी मगर, हाजिरी जवाफप्रतियोगिताकी संयोजक प्रभा कुमारी पौडेल, ग्रामिण रैथाने प्रविधि व्यवस्थापन उप–समितिकी संयोजक पार्वती थापा, लगायतले बोल्नुभएको थियो ।
महिला÷आमा समूह परिचालन उप–समितिकी संयोजक सन्ध्या दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन सह संयोजक अञ्जली पण्डितले र कार्यक्रमको सञ्चालन संघकी महासचिव जानुका पराजुली अधिकारीले गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives