पोखरा । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयको १७ औं साधारण सभा तथा आठौं अधिवेशने कृष्णहरि भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा निर्मला पौडेल, सचिवमा पदमप्रसाद अधिकारी, कोषाध्यक्षमा माधव भण्डारी, सहसचिवमा मिनकुमारी डल्लाकोटी रहेका छन् ।
यसैगरी सदस्यहरुमा विश्वराज पौडेल, सुवेदार चन्द्रबहादुर गुरुङ, बिष्णुहरि पौडेल, कमला भण्डारी, एलिसा केसी र शान्ता पौडेल रहेका छन् ।
निर्वाचन समिति संयोजक बाबुराम सुवेदी सदस्यहरु दीपकमणि भण्डारी र नवराज तिवारी सहित स्थापनाकालका अध्यक्ष ईश्वरबहादुर हमालले सपथ ग्रहण गराउनुभएको थियो ।
साधारण सभा उद्घाटन गर्दै नेपाल सरकारका पूर्व गृह, स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पुस्तकालय ज्ञानको भण्डार भएकाले पाठकहरु निरन्तर पुस्तकालय आउने वातावरणका लागि लागि रहन निर्वाचित हुने कार्यसमितिलाई आग्रह गर्नुभयो ।
साधारणसभामा पुस्तकालयका कार्यसमितिका सचिव पदमप्रसाद अधिकारीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन सहित भावी योजना कोषाध्यक्ष माधव भण्डारीको प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम् वडा नं २९ की वडा सदस्य समेत रहेकी पुस्तकालयकी उपाध्यक्ष निर्मला पौडेलले स्वागत गर्नुभएको थियो ।
पोखरा महानगरपालिका वडा नं २९ का निवर्तमान वडाध्यक्ष चेतबहादुर गुरुङ, वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पुस्तकालयमा सञ्चालन भएको टेक एज गल्स परियोजना रुपा नेपाली, जेनिसा नेपाली, सचिना तिवारी लगायतले बोल्नुभएको थियो । पाठक सदस्य सम्मान अन्तर्गत विशेष ढकाल, वेदप्रसाद शर्मा ,कविता परियार लाई सम्मान गरिएको थियो ।
व.सं २०५९ मा कास्की जिल्ला प्रशाशन कार्यालयमा दर्ता भई दीपशिखा वाचनालयको नामबाट सञ्चालन हुदै आएको दीपशिखा सामुदायिक पुस्तकालय शिक्षा तथा प्रविधि मन्त्रालयबाट उत्कृष्ट पुस्तकालयको पुरस्कार पाउन सफल लेखनाथ क्षेत्रकै नमुना पुस्तकालयको रुपमा २०६९ सालदेखि नियमित सञ्चालन भईरहेको छ ।यो पुस्तकालयले समाज कल्याण परिषद र नेपाल सामुदायिक पुस्तकालय सघं बाट समेत सम्वन्धन प्राप्त गरिसकेको छ ।
१ सय ५३ आजीवन सदस्यहरु रहेको यो पुस्तकालयमा पुस्तक तथा पत्रपत्रिका प्रयोगकर्ताहरुको सङख्या बार्षिक १५ हजार भन्दा बढी रहेको छ । सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र समुदायकै पहल कदमीमा आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरी विगत १० वर्ष देखि निःशुल्क रुपमा विभिन्न किसिमका सेवाहरु शिक्षा, कम्प्युटर तालिम, स्वास्थ्य, कृषि, पशू स्वास्थ्य, महिला शशक्तिकरण, जलवायू परिर्वतन, विपद व्यव्स्थापनका साथै विभिन्न सिपमूलक तालिमहरु प्रदान गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना
सुनौलो सहकारीको १७ औँ वार्षिक साधारणसभा
लेखनाथ महोत्सवका लागि ७५ प्रतिशत स्टल बुकिङ
१३ बुँदे घोषणा पत्र जारी गर्दै उद्योग तथा वाणिज्य विवाद समाधान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकियो
मिस तामाङ पोखरा माघमा हुने
Archives
Archives