पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भोला बहादुर रावलले गण्डकी प्रदेशलाई अपराध नियन्त्रण प्रदेश बनाउन लाग्ने बताउनुभएको छ ।
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय कास्कीले आयोजना गरेको स्वागत तथा एवम् परिचयात्मक कार्यक्रम बोल्दै प्रहरी नायव महानिरीक्षक रावलले सवैको समन्व्यमा गण्डकी प्रदेशलाई अपराध नियन्त्रण प्रदेश बनाउन लाग्ने बताउनुभएको हो ।
‘वस्ती विकाससँगै विभिन्न कारणले अपराधका क्रियाकलाप वढ्दै जाने गरेको छ’ उहाँले भन्नुभयो, ‘ यहाँहरुको सहकार्यमा नै यस प्रदेशको अपराध नियन्त्रणमा लागि पर्ने छु ।’
पछिल्लो समय आर्थिक लेनदेनका कारण आर्थिक अपराध वढ्दै गएको उल्लेख गर्दै उहाँले यस तर्फ सवै सजग रहनु पर्ने बताउनुभयो ।
उहाँले जहाँ नागरिक हुन्छ त्यहाँ प्रहरी हुने भएकोले नागरिक र प्रहरी सहकार्य गरेर अघि वढ्नु पर्ने बताउनुभयो ।
‘जहाँ नागरिक हुन्छ त्यहाँ प्रहरी पनि हुन्छ, नागरिक भएको ठाउमा गलत प्रवृद्धि पनि हुने गर्दछ’ उहाँले भन्नुभयो, ‘नागरिक नै प्रहरीको आखा र कान हुन्, नगारिकको सहकार्यले नै अपराध नियन्त्रणले पूर्णता पाउने छ ।’
उहाँले अपराध नियन्त्रण के गर्दा उपयुक्त हुन्छ यहाँहरुकै सल्लाह सुझावमा प्रहरीले आफ्ना गतिविधि अगाडि बढाउने उल्लेख गर्नुभयो ।
नागरिक समाज कास्कीका संयोजक समाजिक अभियान्ता रामबहादुर पौडेलले समाजमा रहेको विकृति विसंगति र दण्डहिनता अन्त्य गर्नका लागि सहकार्य गर्ने उल्लेख गर्नुभयो ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति लेखनाथकी अध्यक्ष गंगा खनालले विकृति विसंगति न्यूनिकरणमा कास्कीका रहेका सामुदायिक सक्रिय भएर काम गरि रहेको बताउनुभयो ।
कार्यक्रममा सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय कास्कीका अध्यक्ष भिम पराजुली र सात वटै केन्द्रका अध्यक्ष तथा प्रतिनिधिले गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भोला बहादुर रावललाई अविर माला लगाई स्वागत गरेका थिए ।
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय कास्कीका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र वजगाईले स्वागत र महासचिव घनश्याम तिम्सिनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
१३ औं संस्करणको पोखरा महोत्सवको तयारी, छात्रावास निर्माण गर्दै
निर्वाचित पत्रकारहरुको सपथग्रहण तथा पदस्थापना
दियालो कृषि सहकारीको १३ औं वार्षिक साधारण सभा
गुणस्तरमा कुनै सम्झौता हुदैन— प्रमुख पौडेल
प्रतिभा माविमा फुटसल प्रतियोगिता
Archives
Archives