पांचौ संस्करणको क्रस कन्ट्रीमा आर्मीको बर्चस्व

राष्ट्र न्यूज सम्वाददाता
पौष ९, २०८१
kolma crosscountry daud news photo

पोखरा । स्याङजाको कोल्मामा आयोजित क्रस कन्ट्री दौड प्रतियोगितामा आर्मीले बर्चस्व जमाएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको क्रस कन्ट्री दौडको उपाधि नेपाली सेनाका धावक करण रावलले जितेका हुन । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ आयोजना गरेको राष्ट्रिय स्तरको क्रसकन्ट्रीमा रावलले २५ किलो मिटर दुरी १ घण्टा २७ मिनेट ५२ सेकेण्डमा पार गर्दै उपाधि सहित नगद ५० हजार, ट्रफी र मेडल हात पारे ।
क्रसकन्ट्रीमा नेपाली सेनाकै टंक बहादुर कार्कीले १ घण्टा ३२ मिनेट ९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोश्रो स्थान हाँसिल गरेभने निर्धारित दुरी १ घण्टा ३२ मिनेट ५६ सेकेण्डमा पार गर्दै रमेश लिम्बुले तेश्रो स्थान हांसिल गरे । कार्कीले नगद ४० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेभने लिम्बुले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।
पुतलीबजार नगरपालिका–९ कोल्मा बराहचौरबाट सुरु सतीडाँडा, काउले, थुम्की डाँडा, जिमिरे मन्दिर हुँदै पुन बराहचौरमा आएर टुङ्गिएको हो । त्यसैगरी २१ वर्षमुनिका पुरुषतर्फ १० किलोमिटर क्रस कन्ट्री दौडको उपाधि सनम गुरुङले हात पारे । निर्धारित दुरी ४६ मिनेट ३५ सेकेन्डमा पार गर्दै गुरुङले उपाधी सहित नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे उपविजेता सल्यानका रुद्र बुढाथोकीले ५० मिनेट १४ सेकेन्डमा दूरी पार गरे । उप बिजेता बुढाथोकीले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा गोर्खाका अशोक बरामले निर्धारित दुरी ५१ मिनेट ५१ सेकेण्डमा पार गर्दै तेश्रो स्थान सहित नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
खुला महिलातर्फ १० किलोमिटर क्रसकन्ट्री दौडमा रविना बुढामगरले एक घण्टा १२ मिनेट २६ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारिन । बुढामगरले उपाधि सहित नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन उपविजेता विमला मानन्धरले एक घण्टा १५ मिनेट २८ सेकेन्डमा दूरी पूरा गरेर नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भइन ।
प्रतियोगिताको अर्को विधा विद्यार्थीतर्फ पाँच किलोमिटर दौडमा कोल्मा बराहचौरका विधार्थीको समूह विजेता र उपविजेता बन्दा जनजागृती माध्यमिक विद्यालयको समूहले तेस्रो स्थान प्राप्त गरे । रिले दौडको विजेताले नगद १२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, उपबिजेताले नगद आठ हजार, ट्रफी, मेडल र प्रमाणपत्र र तेश्रो स्थान हाँसिल गर्नेले नगद चार हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।
प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष सुवेदार मेजर दुत प्रसाद गुरुङ, गण्डकी प्रदेशका पूर्व मन्त्री द्धय दीपक चर्ती मगर, मेखलाल श्रेष्ठ, पुतली बजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, उपमेयर देवी अर्याल लगायतले पुरस्कार वितरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives