पोखरा । पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रा.लि.को संयुक्त आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव सुरु भएको छ । पोखराको पामे क्षेत्रमा शुरु भएको महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुने छ ।
९ दिनसम्म सञ्चालन हुने महोत्सवमा १५ देशका वेलुन पाइलट सहभागि रहेको वेलुन नेपाल प्रालिका अध्यक्ष विक्रम वाडेले जानकारी दिनुभयो ।
महोत्सवमा अमेरिका, बेलायत स्पेन, लिथुआनिया, जापान, दक्षिण कोरिया, मलेसिया, थाइल्यान्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, इटली, व्राजिल, अष्ट्रेलियनलगायत देशको सहभागिता रहने आयोजनकले जनाएको छ ।
हट एयर बेलुनमा एकपटकमा ८ जनासम्म पर्यटक उड्न सक्नेछन् । बेलुन उडान महोत्सव अवधिमा बिहान ६ देखि ९ बजे र बेलुकी ४ देखि ६ बजेसम्म हुनेछ ।
नेपाल नागरिक उड्यान प्राधिकरणले जमिनको सतहदेखि ५ हजारफिट उचाइसम्म बेलुन उड्न पाउने गरि सीमा तोकिदिएको छ ।
पोखराको आकाशमा बेलुनको उचाईबाट उत्तरतर्फको हिमाली श्रृंखला, पोखरा शहर, फेवाताल सहितका यहाँका प्राकृतिक सौन्दर्य समेत अवलोकन गर्न पाइने आयोजकले जनाएको छ ।
वि.सं २०७३ सालमा स्थापना भएको बेलुन नेपाल प्रा.लि.ले २०७५ सालदेखि पोखरामा हट एयर बेलुनको व्यावसायिक उडान गर्दै आएको छ ।
महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पोण्डेले महोत्वसवले पर्यटक आकर्षण गर्न मद्दत मिल्ने बताउनुभयो । ‘महोत्सवले पोखरालाई अन्तराष्ट्रिय स्तरमा चिनाउने काम गर्नेछ’ उहाँले भन्नुभयो, ‘महोत्सवले आन्तरिक मात्र नभई वाह्य पर्यटक पनि आकर्षित गर्नेछ ।’
संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिव गणेश प्रसाद पाण्डेले पोखरामा आन्तरिक पर्यटन आकर्षण गर्न महोत्सव कोषेढुड्डा सावित हुने बताउनुभयो ।
पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्ने उद्वेश्य महोत्सवको आयोजना गरिएको पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिनुभयो ।
महोत्सव अवधिभर विभिन्न सांस्कृतक कार्यक्रमहरुका साथै पोखराका स्थानीय सांगीतिक ब्यान्ड र दीपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमार सागर लगायतकाको सांगीतिक प्रस्तुति पनि रहने छ । महोत्सवको उद्घाटन अघि विभिन्न जनजातिको भेषभुषा सहितको झाकी ¥याली निकालिएको थियो ।
Related News
सम्बन्धित समाचार
१३ औं संस्करणको पोखरा महोत्सवको तयारी, छात्रावास निर्माण गर्दै
१३ बुँदे घोषणा पत्र जारी गर्दै उद्योग तथा वाणिज्य विवाद समाधान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकियो
प्रथम अन्नपूर्ण अध्यक्ष कप बास्केटबल प्रतियोगिता सुरु
नयाँ प्रहरी ऐनमा सामुदायिक (प्रहरी) सेवा केन्द्रलाई समेट्न कास्कीका सामुदायिकको आग्रह
हेमजाको साझा चोकदेखि तिब्बतियन क्याम्प सम्मको सडक स्तरोन्नति कार्य शुरु
Archives
Archives