कालिका आधारभुुत विद्यालयमा छात्रबृत्ति अक्षयकोष

राष्ट्र न्यूज सम्वाददाता
पौष १८, २०८१
kalika aadharbhut help

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ मजुुवा स्थित कालिका आधारभुुत विद्यालयमा एक लाख ११ हजार १ सय ११ रुपैयाँको छात्रबृत्ति अक्षयकोष स्थापना भएको छ ।

विद्यालयमा आज आयोजित एक समारोहका बीच पोखरा महानगरपालिका वडा नं १६ तल्लो दीप जोगिमणि मार्ग निवासी धनबहादुर थापाले अक्षयकोष रकम हस्तान्तरण गरेका हुन् ।

उक्त रकमको व्याजबाट वार्षिक रुपमा विद्यालयमा वर्ष उत्कृष्ट विद्यार्थीका साथै विद्यालयमा विशिष्ट योगदान गर्ने सामाजिक व्यक्तित्वाई पुरस्कृत तथा सम्मानित गरिने कार्यक्रममा जानकारी गराइयो ।

सहयोग हस्तान्त्रण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर गुुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष मोहनकुुमार प्रधान, विद्यालयका प्रधानाध्यापक द्रोणराज सुवेदी, पूर्व प्रधानाध्यापक विष्णुुबहादुर बस्नेत लगायतको उपस्थिति थियो । अक्षयकोष सहयोगी दाता थापाले यस अघि पनि विभिन्न संघ संस्थामा सहयोग गर्दै आउनुुभएको छ । उहाँ शिक्षासेवीसँगै सफल व्यवसायीका रुपमा रहेका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग