कास्की बचत तथा ऋण सहकारीकोे २४ औँ साधारण सभा

राष्ट्र न्यूज सम्वाददाता
पौष २०, २०८१
kaski bachat 1 (2)

पोखरा । कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेको २४ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिस्ट्रार भेषराज रिजालले सहकारी संघको निरन्तर सक्रियताले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।

कार्यक्रममा जिल्ला सहकारी संघ कास्की, कास्की जिल्ला बचत तथा ऋण सहकारी संघ र को–अपरेटिभ म्यानेर्जस क्लब कास्कीले संयुक्त रूपमा रजिस्टार भेषराज रिजाललाई सहकारी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्रमा उल्लेख भएका विषयमा आफ्नो समर्थन रहेको उल्लेख गर्दै सम्बन्धित ठाउँमा आवाज उठाउने उनले प्रतिवद्धता व्यक्त गरे ।

उनले सहकारीहरूलाई आवश्यक कानुनी प्रावधान पालन गरेर आफ्नो कार्यक्षत्रमा काम गर्न आग्रह गरे ।
पोखरा महानगर प्रवक्ता एव वडा नं २५ का अध्यक्ष मोतीलाल तिम्सिनाले सहकारीले बचत तथा ऋणमा मात्र सिमित नभई उत्पादनमा पनि केन्द्रीत हुन पर्ने बताए ।

पोखरा महानगर सहकारी समिति अध्यक्ष रविरमण तिवारीले केहि सहकारीहरूका कमीकमजोरीले गर्दा पछिल्लो समय सबै सहकारीका अध्यक्ष, सञ्चालक भनेका ठग नै हुन भन्ने भाष्य निर्माण भएको बताउदै यस्ता भ्रमको अन्त्य गर्न, सहकारीहरू नीति नियममा चल्नु पर्ने बताए । उनले अध्यादेशमा रहेका विमतिका बुँदा प्रति सबैले आ–आफ्नो क्षेत्रबाट दबाब दिनुपर्ने उल्लेख गरे ।

कास्की बचत संघका निवर्तमान अध्यक्ष एवं सल्लाहकार भेषराज बराल, पूर्व अध्यक्ष एवं सल्लाहकार भिम गुरुङ, सुदिप ढकाल, नेफस्कून सञ्चालक कमला गिरी, जिल्ला सहकारी संघका अध्यक्ष सावित्रा कोइराला, सिएमसि अध्यक्ष मोहन प्रसाद अधिकारी, महानगर पालिका सहकारी संघका अध्यक्ष लिलाधर बराल लगाएतले बोलेका थिए ।

सभाले सचिव मिनराज तिमिल्सिना, कोषाध्यक्ष केशवशरण पौडेल र लेखा सुपरिवेक्षण समिति संयोजक केशवप्रसाद ढकालद्धारा प्रस्तुत गरिएको आव २०८१÷८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

संघले साधारण सभाको अवसरमा उत्कृष्ट सहकारी र उत्कृष्ट व्यवस्थापकलाई सम्मान गरेको छ । बखान सहकारी अर्वाड बाट उत्कृृष्ट संस्थामा विरुवा साकोस पोखरा १७ सम्मानित र राइफाइसन सहकारी अर्वाड बाट उत्कृष्ट व्यवस्थापकमा मोहन प्रसाद अधिकारी सम्मानित भएका थिए । सोही अवसरमा संघलाई आर्थिक सहयोग गर्ने विशाल, हितैषी, पोखरा रोयल, हेमजा, गौरीशंकर, पृथ्वी, मातृमूमी साकोस साथै इन्फो डेप्लोर्पस र फिन्याक्ट सफटवायर प्रालि लाई प्रशंसा पत्र तथा मायाको चिनोका साथ सम्मान गरिएको छ ।

कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष शेर बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष ईश्वर प्रसाद सुवेदीले र सञ्चालन सचिव मिनराज तिमिल्सिनाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Trending

ट्रेन्डिङ्ग