लेखनाथ महोत्सवमा आमा समूहबीच हाजिरी जवाफ

राष्ट्र न्यूज सम्वाददाता
पौष २१, २०८१
lcci 21 maila

पोखरा । कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समूह विच हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ ।

प्रतियोगितामा सोधिने महिला हक, अधिकार, कानुनका र समसामयिक प्रश्नमा उनिहरुको जवाफले माहोल निकै रोचक बन्ने गरेको छ । कुनै बेला आउने अप्रत्यासित जवाफ र झटारो जवाफले कार्यक्रम झनै रोचक बनेको हो ।

घरमा आफना बाबु नानीहरुको गृहकार्य सिकाउन ब्यस्त हुने आमाहरु अहिले महोत्सवमा आयोजित आमा तथा महिला समूहका विचको हाजिरी जवाफ प्रतियोगितामा सहभागि भएर साँझ विहान त्यसको तयारीमा समेत जुट्ने गरेका छन ।

महिलाहरुलाई गीत संगित र रत्यौलीमा मात्र सिमित नराखी उनिहरुमा रहेको अन्र्तनिहित क्षमताको विकास गराउदै र मौलिक ज्ञानका बारेमा जानकारी गराउने उदेश्यले पहिलो पटक अन्तर महिला तथा आमा समूहकाविच हाजिर जवाफ प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता ब्यवस्थापन उप समितिकी संयोजक प्रभाकुमारी लामिछानेले बताईन ।

लामिछानेले भनिन–‘आयोजित प्रतियोगिताबाट आमा÷महिलाहरुमा पनि समसामयिक विषयको जानकारी हुँदो रहेछ भन्ने देखियो, सवाल जवाफको प्रतियोगितामा महिला मित्रहरुले खुलेर सहभागि जनाउनु भयो यो नै हाम्रो लागि गर्वको विषय हो ।’ प्रतियोगितामा ३२ टिमले सहभागिता जनाएका छन् । सहभागी समूह मध्येबाट प्रत्येक दिन चार समूहका विच प्रतिस्पर्धा गरि आठ समुहलाई सेमि फाईनलमा प्रवेश गराउने गरि प्रतियोगिता संचालन भईरहेको छ ।

सहभागी समूहहरुलाई विषयगत प्रश्न देखि महिलाहरुको दैनिकी दिनचर्याका विषय वस्तु देखि धर्म,संस्कृती, साहित्य, स्थानिय निकाय, स्थानिाय सेरोफेरो र लेखनाथ उद्योग बाणिज्य संघ सम्वन्धित प्रश्न तयार गरिएको छ भने अहिलेसम्म २४ समूहका बिच प्रतिश्पर्धा भईसकेको छ ।

प्रतियोगिताबाट सेमिफाईनलमा प्रवेश गरेका आठ समूहका बिच फाईन चरणको प्रतिश्पर्धा हुने छ भने प्रतियोगितामा प्रथम हुने समूहले नगद रु २५ हजार, द्धितीय हुने समूहले २० हजार, तृतीय हुने समूहले १५ हजार र सान्त्वना हुने समूहले १० हजार र वाँकी चार समूहले पाँच÷पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । आईतवारसम्म भएको प्रतिष्पर्धामा सरस्वती सामुदायिक महिला समहू पोखरा ३३, समाज सुधार आमा समूह पोखरा २९ र सृजना महिला समूह पोखरा २६ सेमिफाईनलमा प्रवेश गरेका छन् ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराका साथ शुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवको चौथो दिन आईतवार सात हजार दर्शकले अवलोकन गरेको र २० लाख बराबरको आर्थिक कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिएकी छन् ।

महोत्सवमा आईतबार लोकदोहोरी कलाकारहरु श्याम राना, भुमिका गिरी, शंकर विरही गुरुङ, बिन्दा परियार, टेक क्षेत्री, कमला गैह्रे, शिवहरी ढुंगाना र उमादेवी खनालको प्रस्तुति रहेको थियो भने बेलुका लाईभ कन्सर्टमा सहिमा श्रेष्ठ, सन्तोष बस्याल र र्यापर शुसिलले प्रस्तुति दिएका थिए ।
सोमबार लोकदोहोरी कलाकारहरु शिव हमाल, चोलेन्द्र पौडेल, वसन्त वि.क, अस्मिता डल्लाकोटी, पार्वती गुरुङ्ग, नविना सुवेदी हास्यकलाकार सुन्दर खनाल (नट्टी वावा) र बेलुका कन्सर्टमा जेम्सी र्यापरको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा भएको महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Trending