पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यही माघ १० गतेदेखि शुरु हुने ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रथम आइटी महोत्सवलाई विशुद्ध रुपले प्रवद्र्धनात्मक हुने बताएका छन् ।
मेलाको तयारीको क्रममा मंगलबार आयोजना गरिएको बस्तुगत संघ÷संस्थाका प्रतिनिधिहरुसँगको बैठकमा उनले मेला उद्यमशिलता विकासको उद्देश्यले आयोजना गरिएको र त्यसमा व्यापारभन्दा पनि प्रवद्र्धन र नयाँ सम्भावनाका खोजीमात्र गरिने जिकिर गरेका हुन् ।
‘संघले नेपालमै पहिलोपटक मेला आयोजना गर्दा जे उद्देश्य बोकेको थियो, अहिले हामी त्यही बिन्दुबाट अगाडि बढ्ने जमर्को गर्दैछौँ,’उनले भने, ‘मेलामा सूचना प्रवधि,महिला उद्यमी र उद्योगहरुका उत्पादन प्रदर्शनी हुनेछ,’उनले भने, ‘मेला सिक्ने ठाउँ हो,मनोरञ्जन पनि चाहिएला तर अब हामी मनोरञ्जनात्मक गतिविधि कम र प्रवद्र्धनात्मक कार्यक्रम बढी गर्नेछौँ ।’
उनका अनुसार मेला सम्पन्न गर्न ५ सय १ सदस्यीय मूल आयोजक र २७ वटा उपसमितिसहित कार्यसम्पादन समिति गठन भइसकेको छ । समग्र नेपालका औद्योगिक, हस्तकला तथा खाद्य परिकारहरुको प्रदर्शनका निम्ति आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले गण्डकीसहित सातवटै प्रदेश सरकारसँग समन्वय गरिरहेको छ ।
‘मेलामा गण्डकीसहित सातवटै प्रदेशका सरकारसँग त्यहाँका उत्पादनहरु प्रदर्शनको व्यवस्थाका लागि अनुरोध गरेका छौँ,’उनले भने,‘सांस्कृतिक समूह पनि हरेक प्रदेशबाट आउँदै हुनुहुन्छ । मेला पूर्व मेचीदेखि पश्चिम महाकालीका उत्पादन, संस्कृति र खानाको त्रिवेणी हुनेछ ।’
आइटी महोत्सवअन्तर्गत सूचना प्रविधि क्षेत्रका पछिल्ला उत्पादन एवं त्यससँग सम्बन्धित नयाँ जानकारीहरु पस्कने व्यवस्था मिलाइएको पनि उनले बताए ।
बैठकमा बोल्दै संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले उद्घाटनको दिन नजिकिँदै गर्दा आन्तरिक तयारी तीव्र पारिएको बताए । संघका महासचिव शोभा गौतमका अनुसार मेलामा कम्प्यूटर एसोसियसन पोखरा, मोवाइल बितरक संघ एवं पोखरा औद्योगिक क्षेत्र उद्योग संघसँगको सहकार्यमा हुन लागेको मेलालाई
सिर्जनशिलतासँग जोड्नका लागि विशेष पहल गरिएको छ । बैठकमा सहभागी बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुले संघको आयोजनामा हुने मेलालाई हर तरहले सघाउने प्रतिवद्धता जनाएका थिए ।
Related News
सम्बन्धित समाचार
नागीधार महोत्सवको तयारी पुरा
सकियो २० औँ लेखनाथ महोत्सव
१३ औं पोखरा महोत्सवमा बुधवारदेखि विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता हुने
पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
Archives
Archives