कास्कीको मादी गाँउपालिकामा नागीधार महोत्सव शुरु

समाजसेवी लक्ष्मी गुरुङद्वारा निर्माण गरिएको प्रतिक्षालय तथा समाजसेवी सर बहादुर गुरुङ, नर बहादुर गुरुङ कृष्ण प्रसाद गुरुङको परिवारद्वारा निर्माण गरिएको खानेपानी धारा र चौताराको परिवारका सदस्य र कार्यक्रमका प्रमुख अतिथि गुरुङले संयुक्त रुपमा उद्घाटन

राष्ट्र न्यूज सम्वाददाता
माघ ४, २०८१
i

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा शुक्रबार देखि नागीधार महोत्सव शुरु भएको छ । महोत्सव माघ ६ गते सम्म चल्ने छ । महोत्ववको उद्घाटन अघि विभिन्न गुरुङ समुदायको कृष्ण चरित्र नाच, व्राह्मण समुदायको भजन टुक्कालागयतको सांस्कृतिक झाकि सहितको ¥याली निकालिएको थियो ।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले पर्यटन प्रवद्र्धन गर्नका लागि महोत्सव कोषेढुड्डा सावित हुने बताए ।
‘शहर केन्द्रीत महोत्सव धेरै हुने गरेका छन् तर तपाइहरुले आफ्नो गाँउको प्रचार प्रसार गर्नका लागि थालेको यो प्रयास महत्पूर्ण छ’ उनले भने, ‘पक्कै पनि यो महोत्सव यो क्षेत्रको पर्यटन र खेल क्षेत्रको प्रवद्र्धनमा कोषेढुड्डा सावित हुने मेरो विश्वास छ ।’

उनले थुम्सीकोट देखि गहते मिजुरे पाखुरीकोट नागीधार पोसी सम्मको सडक स्तरोन्नतीकालागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । महोत्सवकै अवसरमा खेलमैदान परिसरमा समाजसेवी लक्ष्मी गुरुङद्वारा निर्माण गरिएको प्रतिक्षालय तथा समाजसेवी सर बहादुर गुरुङ, नर बहादुर गुरुङ कृष्ण प्रसाद गुरुङको परिवारद्वारा निर्माण गरिएको खानेपानी धारा र चौताराको परिवारका सदस्य र कार्यक्रमका प्रमुख अतिथि गुरुङले संयुक्त रुपमा उद्घाटन गरे ।

महोत्सवमा खुल्ला सेभेन ए साइड पुरुष फूटबल तर्फ कास्की लम्जुड्डका गरी २८ टिमको सहभागिता रहेको खेल संयोजक तथा नागीधार सिर्जनशील युवा क्लबका अध्यक्ष विशाल घलेले जानकारी दिए ।

शुक्रबार भएको पहिलो खेलमा नागीधार एफसीले वालुवा एफसीलाई २–० ले पराजित गर्दा वद्रर एफसीले पोसी एफसीलाई ६–० ले पराजित ग¥यो । यसैगरी पाखुरीकोट एफसीले मुग्री एफसीलाई ४–० ले पराजित गर्दा कुम्लुड्ड एफसीले थुम्सीकोट एफसीलाई टाइवेकरमा ३–२ ले पराजित गरेको ग¥यो ।

नागीधार गाउँ तथा त्यस आसपास क्षेत्रको पर्यटन, खेलकुद, संस्कृति संरक्षण तथा प्रवद्र्धन, मनोरन्जन साथै प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

नागीधार गाउँको सर्वाड्डिण विकासमा क्रियाशील सामाजिक संस्थाहरु नागीधार सिर्जनशील युवा क्लब, सबुदुम्हर्सो तमु समाज नागीधार र नेदा तमु सेवा समिति पोखरा लगायत संस्थाहरुको संयुक्त आयोजना तथा नागीधार टोल विकास संस्था, नागीधार विश्वकर्मा एकता समाज, सोंथर बेँसी विकास समिति लगायत संस्थाहरुको सहयोग तथा प्रवद्र्धनमा महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा खुल्ला सेभेन ए साइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, पुरुष तथा महिला रसी तान्ने रहेका छन् भने सांस्कृतिक कार्यक्रमहरु तर्फ खुल्ला सामूहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समूह नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृष्ण चरित्र नाच, चर्चित गायक गायिकाहरुको प्रस्तुति सांस्कृतिक झाँकीहरु लगायत प्रस्तुति रहने छ ।

त्यस्तै शैक्षिक कार्यक्रमहरु तर्फ कक्षा १ देखि ३ सम्मका विधार्थीहरुका लागि खुल्ला श्रुती लेखन प्रतियोगिता, कक्षा ४ देखि ८ सम्मका विधार्थीहरुका लागि मादी – ८ को समृद्धि र पर्यटन प्रवद्र्धनका लागि सम्भावनाहरु के के हुन सक्छन् भन्ने शीर्षकमा खुल्ला वक्तित्वकला प्रतियोगिता रहेको छ ।
महोत्सवमा नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, महासमिति सदस्य दिपक गुरुङ, वडा नं. ८ का वडा अध्यक्ष प्रेमबहादुर गुरुङ, पूर्व वडा अध्यक्ष याम गुरुङ, महिला नेत्री तीर्थकुमार गुरुङले बोलेका थिए ।

संयुत्त मुल आयोजक समितिको संयोजक ओम प्रकाश गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य कैलाश गुरुङले गरेका थिए । उक्त अवसरमा स्थानिय नागीधार आम समूह र प्रभात आधारभूत विद्यालयका विद्यार्थीले स्वागत गरेका थिए ।

भद्रकाली काँहुखोला बाट भैसे, भगवतीटार, थुम्सीकोट, गहते, मिजुरे, पाखुरीकोट गाउँ हुँदै ३५ किमिको दुरीमा नागीधार गाउँ सवारीसाधन बाट सजिलै पुग्न सकिने नागीधार सिर्जनशील युवा क्लबका उपाध्यक्ष बसन्त गुरुङले जानकारी दिए । त्यस्तै पोखरा–२६ बिजयपुर बाट कालिका, सौरे, भगवतीटार भएर पनि पुगिन्छ भने पोखरा–३१ बेगनास बाट सौरे, भगवतीटार थुम्सीकोट भएर पनि नागीधार गाउँ पुग्न सकिन्छ । पोखरा बाट थुम्सीकोट सम्म २० किमि सडक पिच रहेका छन् भने बाँकी १५ किमि कच्ची रहेका छन् । हाल नागीधार र पाखुरीकोट गाउँमा केहि होम स्टेहरु र स्थानीय होटेलहरु समेत सञ्चालनमा रहेका छन्।

Related News

सम्बन्धित समाचार

  • पोखरा ३३ मा आमा समूह र विद्यालयसँग काँग्रेस

    राष्ट्र न्यूज सम्वाददाता माघ ४, २०८१
    पोखरा । नेपाली काँग्रेसले पोखरा महानगरपालिका वडा नं ३३ को आप भज्याङ्मा शुक्रबार पार्टीको एक सय दिने विशेष अभियान संचालन…
  • पोखरा महोत्सवमा बद्रीले नचाए दर्शक

    राष्ट्र न्यूज सम्वाददाता माघ ३, २०८१
    पोखरा । संधै वियोगान्त गित गाएर दर्शकलाई रुवाउने लोक तथा दोहोरी गायक बद्री पंगेनीले १३ औं संस्करणको पोखरा महोत्सवमा भने…
  • सकियो २० औँ लेखनाथ महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता माघ १, २०८१
    पोखरा । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूल नाराका साथ पुस १८ गतेबाट लेखनाथमा शुरु भएको…
  • राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं – राष्ट्रपति

    राष्ट्र न्यूज सम्वाददाता माघ १, २०८१
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै हाम्रो राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट…
  • सफलता उन्मुख लेखनाथ महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता पौष २८, २०८१
    पोखरा । पुस १८ गतेदेखि लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव दर्शकहरुको साथ र सहभागिताले सफलतातर्फ उन्मुख भएको आयोजकले…