टीकाराम बाँस्तोला स्मृतिमा राष्ट्रिय प्रतिभा सम्मान

हेमजा साहित्य राष्ट्रिय पुरस्कार र शुभप्रभात वाल साहित्य पुरस्कार घोषणा

राष्ट्र न्यूज सम्वाददाता
माघ ८, २०८१
467643131_1163941638494202_5866012930865172292_n

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालले टीकाराम बाँस्तोलाको स्मृति दिवसमा राष्ट्रिय प्रतिभा सम्मान बाट विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।
हरेक वर्ष स्व.बाँस्तोलाका परिवारको तर्फबाट प्रतिष्ठानको आयोजनामा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ ।

यसरी सम्मानित हुनेमा शिक्षाविद् प्रा.डा. देशराज बहादुर कुँवर, जर्ज जोन, शिक्षासेवी चतुरमान श्रेष्ठ, , समाजसेवी रामचन्द्र त्रिपाठी, धर्मराज बास्तोला र मान्छे बोक्सी कहिल्यै हुन्न राष्ट्रिय जागरण अभियान नेपाल रहेका छन् । उनीहरुलाई नगद १३ हजार ३ सय २५ र सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ, हेमजा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष बलराम पौडेल, स्व.बाँस्तोलाका छोराहरु प्रा.डा. दिनेश बाँस्तोला र ई.रमेश बाँस्तोलाले सम्मान गरेका थिए ।

त्यसैगरी स्मृति दिवसकै अवसरमा गौरी शंखर वहुमुखी क्याम्पसमा नेपाली विषयमा स्नातक तहमा अध्ययन गर्ने विद्यर्थीलाई छात्रावृद्धि प्रदान गरिएको थियो ।
छात्राबृद्धि पाउनेमा स्नातक प्रथम वर्ष अध्ययनरत मनिता श्रीपाली, तेस्रो वर्षकी विना गायक र चौथो वर्षकी जानकी राना रहेकी छन् । उनीहरुलाई नगद ३÷३ हजार रुपैया प्रदान गरिएको थियो ।

प्रतिष्ठानको आयोजना तथा स्व. बाँस्तोलाको परिवारको सहयोगमा गरिएको यो कार्यक्रम १३ औं संस्करण हो । उक्त अवसरमा प्रा.डा. दिनेश बाँस्तोलाले प्रतिष्ठानलाई प्रत्यक वर्ष १६ हजार १ रुपैया बाट कार्यक्रम खर्च कटाएर प्रतिष्ठानलाई प्रदान गर्दै आएको र आफूले नसकेको खण्डमा अक्षयकोषबाट नै कार्यक्रम सञ्चालन गर्ने गरि प्रत्यक वर्ष प्रतिष्ठानलाई सहयोग गरेका छन् । हाल उक्त अक्षयकोषमा २ लाख भन्दा वढि रकम संकल भएको छ ।

त्यस अवसरमा हेमजा साहित्य राष्ट्रिय पुरस्कारको घोषणा गरिएको छ । हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष पौडलका अनुसार उक्त पुरस्कारको हाल अक्षयकोषमा २ लाख ५० हजार रहेको छ । विभिन्न व्यक्तिले सहयोग गरेको रकमलाई संकलन गरेर अक्षयकोष वनाइएको पौडेलले जानकारी दिए ।
अक्षयकोषबाट प्राप्त व्याजले प्रत्यक वर्ष प्रतिष्ठानको स्थापना दिवस साउन ८ गते राष्ट्रिय व्यक्तित्वलाई सम्मान गरिने छ । तत्काललाई २० हजार पुरस्कारबाट शुरु गरिने अक्षयकोषलाई बढाएर पुरस्कारको राशी ५० हजार पु¥याउने लक्ष्य लिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

त्यसैगरी प्रतिष्ठानले हरेक महिना गर्दै आएको शुभप्रभात काव्यमालामा बाल प्रतिभालाई प्रोत्सान गर्ने उद्देश्यका साथ शुभप्रभात वाल साहित्य पुरस्कारको समेत घोषणा गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठले प्रतिष्ठानले गरेका हरेक गतिविधि अब्बल रहेको बताए।

‘प्रतिष्ठानले गरेका हरेक गतिविधि नियाल्न अवसर मिलेको छ, कास्कीमा प्रतिष्ठानले गरेका कार्यक्रम उत्कृष्ट रहेका छन्’ श्रेष्ठले भने, ‘आजको सम्मानले पनि उत्कृष्टताको औचित्य पुष्टि गरेको छ ।’

सम्मानित व्यक्ति शिक्षाविद् जर्ज जोनले स्व.टीकाराम गुरुलाई आफूले नजिकबाट नियाल्ने अवसर पाएको बताउँदै उहाँ जहा पुग्नुभयो त्यो ठाउको शिक्षाले फड्का मारेको स्मरण गरे ।

कार्यक्रममा प्रा.डा. देशराजबहादुर कुँवर, शिक्षासेवी चतुरमान श्रेष्ठ, समाजसेवी रामचन्द्र त्रिपाठी, समाजसेवी धर्मराज बास्तोला, मान्छे बोक्सी कहिल्यै हुन्न राष्ट्रिय जागरण अभियानका संस्थापक अध्यक्ष कोविदशरण पौडेल, प्रा.डा. दिनेश बास्तोला, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य कृष्णप्रसाद पौडेल,
साहित्यका असफल गौतमले बोलेका थिए ।

कार्यक्रममा प्रतिष्ठानको २५६ औं शुभप्रभात काव्यमाला अन्र्तगत सहित्यकार छन्दीका त्रिपाठी, शिव त्रिपाठी, विष्णुप्रसाद बाँस्तोला, रोजीना अधिकारीले कविता वाचन गरेका थिए ।

हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष वलराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुनिल गायकले स्वागत र सचिव परशुराम अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार