पोखरा । कास्कीको अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान जारी रहेको छ । अभियान अन्तर्गत अन्नपूर्ण गाँउ पालिका वडा नं. २ का अगुवा कार्यकर्ता सँग पार्टीका विषयमा छलफल गरिएको जिल्ला बाट खटिएकी अभियानकी संयोजक नपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि मुना बास्तोलाले जानकारी दिइन् ।
उनले जनताका प्रत्यक्ष सरोकारसँग जोडिएर काम गर्न पार्टीका नेता तथा जनप्रतिनिधिलाई आग्रह गरिन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले विवकेशील नेता र सचेत कार्यकर्ता भएको पार्टीले जनभावनालाई सम्बोधन गर्न सक्ने बताए ।
नेपाली काँग्रेस अन्नपूर्ण गाँउपालिका अध्यक्ष मनपति भण्डारीले पार्टीका अन्तरविरोध चिरेर अगाडि बढ्न सकेमा नेपाली काँग्रेस सधै पहिलो पार्टीको रुपमा स्थापित हुने बताए ।
अभियानका सदस्य तथा नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि चतुराखर अधिकारीले स्थानिय स्तरबाटै पार्टीलाई मजवुद बनाएर लैजानु पर्ने अहिलेको आवश्यकता भएको बताए ।
नेपाली काँग्रेस क्षेत्र नं. ३ प्रदेश क का सचिव प्रकाशचन्द्र सापकोटाले पार्टीले गरेका कार्यक्रमहरुलाई जनस्तरसम्म प्रचार प्रसार गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा पार्टीका क्षेत्रीय सदस्य, प्रदेश सदस्य क्षेत्रीय सदस्य जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
नेपाली काँग्रेस अन्नपूर्ण गाँउ पालिका वडा नं. २ का सभापति पिताम्बर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव महेश्वर भण्डारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रजत महोत्सव अवसरमा होली माउण्टमा निशुल्क दन्त शिविर
नागीधार महोत्सव एक दिन थप
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
पोखरा महोत्सवमा दर्शकको भिड बढ्दै, दर्शकलाई अफरै अफर
भेटघाटको थलो बन्यो लेखनाथ महोत्सव