पोखरा । माघ १२ गतेदेखि हुने पाँचौ टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगितामा एनसेलले सहकार्य गर्ने भएको छ । कम्पनीको ‘हामी तपाईंकै लागि’ थिम र खेलकुदको विकासलाई सहयोग गर्ने उद्देश्यका साथ एनसेल टाइगर कपसंग जोडिएको हो ।
देशको जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले खेल र खेलाडीहरूको अभिवृद्धि एवं विकासमा योगदान गर्दै आएको छ । यस्ता सहकार्यले देशमा खेलकुद क्षेत्रको विकास, युवा विकास, सामाजिक एकतालगायतका क्षेत्रमा ठूलो महत्व राख्ने टाइगर कपका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।
देशको एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले खेल र खेलाडीहरूको अभिवृद्धि एवं विकासमा योगदान गर्दै आएको छ । यस्ता सहकार्य तथा साझेदारी केवल खेल प्रतिभा प्रवद्र्धन गर्नका लागि मात्र नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि हो । यो प्रतियोगीतामा एनसेल प्रमुख प्रायोजनका रुपमा आवद्ध भएको हो ।
यसअघि एनसेलले नेपाल प्रिमियर लिगका लागि क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) सँग ‘पावर्ड बाई एनसेल’ साझेदारका रुपमा सहकार्य गरेको थियो । खेलकुदको विकास, युवा सशक्तीकरण, र सामाजिक एकतामा योगदान गर्दै नयाँ उचाइमा पुग्ने एनसेलको अपेक्षा छ ।
एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत राष्ट्रिय पारालम्पिक समिति (एनपीसी) नेपालसँग पनि सहकार्य गरेको छ । यस सहकार्यमार्फत, एनसेलले राष्ट्रिय पारा खेलाडीहरूको समग्र तालिम, प्रशिक्षण र विकासमा सहयोग जारी राखेको छ । पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
प्रतियोगितहरुमा सहभागिता जनाउन सहयोगका साथै कम्पनीले क्रिकेट, फुटबल, भलिबल र गल्फलगायतका खेलमा सहयोग प्रदान गर्दै आएको छ ।
माघ १९ गतेसम्म चल्ने टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगितामा २ विदेशीसहित १२ टोलीले सहभागिता जनाएका छन् । उक्त प्रतियोगिताका खेलहरु पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ ।
Related News
सम्बन्धित समाचार
तेस्रो हिसान गण्डकी प्रदेश स्तरीय फुटसल प्रतियोगिताको कास्की छनौट माघ तेस्रो साता
पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल
माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा प्रि. क्वाटरफाइनल खेल सकियो
युनिकन अन्तर विद्यालय फुटबल प्रतियोगितामा छात्रा तर्फ अमरसिंह र छात्र तर्फ बाराही प्रथम
पांचौ संस्करणको क्रस कन्ट्रीमा आर्मीको बर्चस्व