पोखरा । माछापुच्छु«े गाँउपालिका खेलकुद विकास समितिको आयोजनामा पयर्टकीय क्षेत्र धम्पुसमा तेस्रो माछापुच्छ«े गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ ।
माछापुच्छ«े गाँउपालिका वडा नं.७ धम्पुसको व्यवस्थापन र माछापुच्छ«े गाँउ पालिका भलिबल संघको समन्वयमा फागुन १४ देखि १७ गते सम्म उक्त प्रतियोगित हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
स्थानिय स्तरबाट खेलाडि उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको तेस्रो माछापुच्छ«े गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको गण्डकी प्रदेश भित्रका सम्पूर्ण पालिकालाई पत्रचार गरि वढि भन्दा वढि सहभागिता जनाउने लक्ष्य रहेको माछुपुच्छ«े गाँउ पालिका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितीय पुरस्कार १ लाख र सेमी फाइनलमा उपविजेता दुइ टिमलाई ५०÷५० हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।
त्यसैगरी महिला तर्फ प्रथम पुरस्कार १ लाख, द्धितीय पुरस्कार ५० हजार र सेमी फाइनलमा उपविजेता दुई टिमलाई २५÷२५ हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।
पुरुष तथा महिला भलिवलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक पुरुस्कार प्रदान गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि माछापुच्छ«े गाँउपालिकाले १३ लाख रुपैया विनियोजन गरेको अध्यक्ष मिन बहादुर गुरुङले जानकारी दिए ।
यो प्रतियोगितामा सहभागित टिमले दुई जान वाहिरी खेलडि राख्ने पाउने व्यवस्था मिलाईएको छ ।
‘यो प्रतियोगितामा दुई जान वाहिरी खेलाडी पनि राख्ने व्यवस्था मिलाइएकोले राष्ट्रिय स्तरका खेलाडी पनि प्रतियोगितामा सहभागिता जानउने छन्’ अध्यक्ष गुरुङले भने,‘राष्ट्रिय खेलाडीको सहभागित हुने भएकोले प्रतियोगिता थप रौनकता छाउने हामीले विश्वास लिएका छौ ।’
यस वर्ष देखि महिला भलिबल प्रतियोगिता पनि समावेश गर्ने भएकोले प्रतियोगितामा अझै वढि रौनकता थपिने माछापुच्छ«े गाँउ पालिकाकी उपाध्यक्ष सिता अधिकारीले जानकारी दिइन् ।
‘धम्पुस परिचित एक पर्यटन गाँउ हो’ उपाध्यक्ष अधिकारीले भनिन्,‘पर्यटकी गाँउमा गरिएको यो प्रतियोगिताले पर्यटन सँगै खेल क्षेत्रको प्रवद्र्धन गर्न पनि मद्धत मिल्ने हामीले विश्वास लिएका छौ ।’
माछापुच्छ«े गाँउ पालिका वडा नं. ७ का वडा अध्यक्ष बैकुण्ठ प्रसाद भण्डारीले प्रतियोगिता अवधिभर यस क्षेत्रमा भएका होटल व्यवसायसँग समन्वय गरी सहुलियत प्याकेज ल्याउने योजना रहेको सुनाए । उनका अनुसार एक रातमा धम्पुस साना ठुला ४० होटलमा १ हजार जान सम्म राख्न सकिने छ ।
प्रतियोगिता बढि भन्दा बढि टिम सहभागिता गराउनका लागि टिम शुल्क निशुल्क गरेको माछापुच्छु«े गाँउपालिका खेलकुद विकास समितिकोका सदस्य सचिव हुमबहादुर गुरुङले जानकारी दिए ।
माछापुच्छ«े गाँउपालिका भलिवल संघका अध्यक्ष राम पुनले गण्डकी प्रदेश भित्रका पालिकामा पत्राचार भए पनि खेलाडीलाई जानकारी नहुदा प्रतियोगितामा सहभागि कम हुने गरेको गुनासो खेलाडी बाटै आउने गरेको बताए ।
दोस्रो माछापुच्छ«े गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८० मा बौदीकाली गाँउपालिका नवलपुर प्रथम, र गल्कोट नगरपालिका बाग्लुङ दोस्रा भएको युवा तथा खेलकुद शिक्षा शाखाका प्राविधिक सहायक विष्णु प्रसाद अधिकारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
व्यापार मेलामा सम्भावनाको बहस
लाटोकोसेरो संरक्षण अभियानमा विद्यालयमा क्लब गठन
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
टाइगर कपको पहिलो खेल भोलि बिहान १० बजेबाट सुरु हुने, इसेवाबाट टिकट काट्न सकिने
टाइगर कप भलिबलः आयोजक टोलीबाट खेल्न ३ विदेशी खेलाडी पोखरा आइपुगे