पोखरा । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सामुदायिक सेवा केन्द्रलाई नेपाल प्रहरीले उच्च प्राथामिकतामा राखेको बताएका छन् । सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १८ औं साधारण सभा तथा १० औं अधिवेशन समारोहको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सामुदायिकले गरेका गतिविधिका कारण नै नेपाल प्रहरीले सामुदायिक केन्द्रलाई उच्च प्राथामिकतामा राखेको बताएका हुन् ।
‘समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध न्यूनिकरण गर्न विकृति विसंगति न्यूनिकरण गर्न सामुदायिक सेवा केन्द्रले गरेका काम उत्कृष्ट रहेका छन्’ प्रहरी महानिरीक्षक कुँवरले भने, ‘सामुदायिकलाई अज वढि जिम्मेवार बनाउनका लागि नेपाल प्रहरी सधै हातेमालो गर्न तयार छ ।’
उनले विश्वका उन्नत देशहरुले पनि नेपालमा सुरु भएको सामुदायिक केन्द्रको सिको गरेको उदाहरण रहेको बताउँदै उनले विकृति विसंगति न्यूनिकरण गर्न सामुदायिक केन्द्रको विकल्प नरहेको उल्लेख गरे ।
नेपाल प्रहरी नेपालका सवै स्थानिय तहमा प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेको बताउँदै यो कार्यक्रमलाई प्रभावकारी गराउनका लागि स्थानि समुदाय स्थनिय तह अझै वढि जिम्मेवारी हुने पर्ने उल्लेख गरे ।
कार्यक्रममा सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका संस्थापक अध्यक्ष मंगल नेपालीले अप्ठ्यारो परिस्थितिमा पनि सामुदायिक सेवा केन्द्र स्थापना गरेका काम गरेको उल्लेख गर्दै सामुदायिकमा काम गर्ने व्यक्ति निस्वार्थ खटिनु पर्ने बताए ।
कार्यक्रममा पत्रकारीको माध्यमबाट सामुदायिक सेवा केन्द्रका गतिविधि प्रचार प्रसारमा पु¥याएको योगदानको कदर गर्दै अग्रज पत्रकार श्यामनाथ कुँवर र राष्ट्र न्यूज डट कमका सम्पादक प्रकाशचन्द्र सापकोटालाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय कास्कीले प्रकाशन गरेको ३१ औं सामुदायिक सन्देश वुलेटिङको विमोचन गरिएको थियो ।
कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकायले कास्कीमा रहेका सामुदायिक केन्द्रले गरेका गतिविधिका वारेमा जानकारी गराएका थिए । कार्यक्रमा मादी गाँउ पालिकाका अध्यक्ष देविजंग गुरुङ, जिल्ला प्रशाशन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामवावु ओलिया, सामुदायिक सेवा एमव् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय कास्कीका निर्वतमा अध्यक्ष तथा पोखरा महानगर पालिका वडा नं. १४ का वडा अध्यक्ष बोधराज कार्की, पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष तथा महानगरका प्रवत्ता मोतिलाल तिम्सिना, संस्थाका सल्लाहकार तथा वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका प्रथम उपाध्यक्ष मनपति भण्डारी, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा लेखनाथकी अध्यक्ष गंगा खनालले बोलेका थिए ।
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय कास्कीका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र वजगाईले स्वागत र महासचिव घनश्याम तिम्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
होली माउण्ट माविले रजत महोत्सव मनायो
राजस्थानी नृत्यमा झुमे पोखरेली
रजत महोत्सव अवसरमा होली माउण्टमा निशुल्क दन्त शिविर
व्यापार मेला शनिबारसम्म, राजस्थानको लोकनृत्य
प्रेस चौतारी पत्रकारिता पुरस्कार ईन्द्र पौडेललाई, गणेशमान गुरूङलाई सम्मान