पोखरा । माछापुच्छ«े गाउँपालिका वडा नं. ९ र सिधिङ युनाईटेड युथ क्लबले गायिका समिक्षा अधिकारीलाई सम्मान गरेको छ । सिधिङ युनाईटेड यूथ क्लबले आयोजना गरेको साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको अवसरमा गायिका समिक्षा अधिकारीलाई सम्मान गरेको हो ।
नेपाली गीत संगीतको माध्यम बाट राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल माछापुच्छ्रे गाउँपालिकाकी चेली, माछापुच्छ्रे गाउँपालिकाको गौरव, युवा तथा संगीतप्रेमीहरुको ढुकढुकी गायिका अधिकारी सिधिङ कप विशेष सांस्कृतिक कार्यक्रममा प्रस्तुतिका अवसरमा विशेष सम्मान गरिएको आयोजकले जनाएको छ ।
सानै उमेर, छोटो समयमा कलाकारिता क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल एक अब्बल, निडर र साहसी कलाकारका रूपमा मूल्याड्ढन गर्दै अधिकारीलाई सम्मान गरिएको माछापुच्छ्रे गाउँपालिका वडा नं –९ ,का वडा अध्यक्ष हरि बहादुर क्षेत्री (राजेन्द्र)ले बताए ।
‘उनी जहाँ जहाँ पुग्छिन् त्यो ठाउँमा समग्र माछापुच्छ्रे गाउँपालिकाको प्रतिनिधित्व भएको हामीले महसुस गरेका छौ’ वडा अध्यक्ष क्षेत्रीले भने, ‘माछापुच्छ्रे गाउँपालिकाको मात्रै नभएर अहिले समिक्षाको प्रस्तुतिले सिंगो देशकै कलाकारिता क्षेत्रको स्थान उच्च भएको छ यस कारण हामीले सम्मान गरेका हौ।’ गायिका समिक्षा अधिकारीले गायनको सिलसिलामा आफू जहाँ भएपनी जहाँ गएपनि आफ्नो जन्मभूमिको मायाले आफूलाई सधैँ रहिरहने बताउँदै सम्मान ग्रहण गर्ने अवसरका लागि वडा–९ र आयोजक प्रति आभार व्यक्त गरिन् ।
माघ ३० गते देखि सिधिङ खेलमैदानमा जारी साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको सिधिङ क्षेत्रमा शनिवार दिनभरको वर्षाको बीच पनि ५ सेट भलिबल खेलका साथै समीक्षाको प्रस्तुतिमा दर्शकले भरपुर मनोरञ्जन लिएको क्लबका अध्यक्ष शुक बहादुर तामाङले बताए ।
माघ ३० गते देखि फागुन ४ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले नगद ८५ हजार, द्धितीयले नगद ५० हजार र तृतीयले नगद ३० हजार र सान्त्वना हुनेले नगद २० हजार रुपँया साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाई कर र उत्कृष्ट सेटरलाई नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक याम क्षेत्री बताए ।
भेट्रान्स भलिबल प्रतियोगिता तर्फको विजेताले नगद रु ३० हजार र उप–विजेताले नगद रु २० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु द्धारा नृत्य, गायन, हास्यव्यड्ड लगायतका विशेष प्रस्तुति राखेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा–२५ वडा कार्यालय हेमजाले फागुन ९ गते बाल नृत्य प्रतियोगिता गर्ने
हेमजामा फागुन ११ गते प्रथम मौरी महोत्सव हुने
राजस्थानी नृत्यमा झुमे पोखरेली
‘गण्डकीका धुनहरू’ कार्यक्रमको तयारी पुरा, ४० कलाकारले प्रस्तुति राख्ने
विजयको दायाँ पनि छौ बायाँ पनि छौ गीत सार्वजनिक