पोखरा । माछापुच्छ«े क्रिकेट क्लव पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ को फाइनलमा प्रवेश गरेको छ । शनिबार लेखनाथमा भएको खेलमा राईजिङ क्रिकेट क्लवलाई ९६ रनले पराजित गर्दै माछापुच्छ«े क्रिकेट क्लव प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
शनिबार भएको खेलमा राईजिङ क्रिकेट क्लवले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको माछापुच्छ«ेले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६६ रन बनाएको थियो । माछापुच्छ«ेका लागि धिरज अधिकारीले४४ बलमा ६६ रन, सुमित श्रेष्ठले ४४ बलमा ५२ रन र आतिष न्यौपानेले २५ बलमा २७ रनको योगदान दिए ।
१६७ रनको मध्यम लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको राईजिङ निर्धारित २० ओभरमा अलआउटहुँदै ७२ रनमा सिमित भएपछि माछापुच्छ«े बिजयी भएको हो । राईजिङका अनिष रावतले ३३ बलमा २७ रन र भानुभक्त लम्सालले १७ बलमा २२ रन बनाएपनि हार टार्न सकेनन् । राईजिङलाई सस्तैमा समेट्न माछापुच्छ«ेका प्रमोद बास्तोलाले ५ रन खर्चेर ४ विकेट हत्याए । उनै प्रमोद बास्तोला प्लेयर अफ दी म्याच घोषित भएको आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत आज दोश्रो सेमीफाइनल खेलमा कास्की क्रिकेट क्लव र लेखनाथ क्रिकेट क्लव फाइनल प्रवेशका लागि प्रतिष्पर्धामा उत्रिने अध्यक्ष पुनले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता भलिवललाई
माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको तयारी पुरा, प्रतिययोगिता भोलिदेखि
कास्कीको सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता जारी
टाइगर कप भलिबलः फाइनल खेल आज हुने
हिसान गण्डकी फुटसल कास्की छनौटमा गुरुकुल विद्यासदन च्याम्पियन