काठमाण्डौ, १४ बैशाख । नेपाल परिवार नियोजन संघले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग भेट गरेको छ । नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष डा.राजेन्द्र बहादुर श्रेष्ठ नेतृत्व टोलीले आईतबार मन्त्री पौडेलसँग भेट गरेको हो ।
परिवार नियोजन संघको अवस्था वारे जानकारी दिन र सरकारसँग सहकार्यका लागि अनुरोध गर्न टोलीले स्वास्थ्य मन्त्री पौडेलसँग भेटघाट गरेको नेपाल परिवार नियोजन संघ कास्कीका शाखाका सभापति नविन सिग्देलले जानकारी दिए ।
भेटका क्रममा स्वास्थ्य मन्त्री पौडेलले समयको माग अनुसार कार्यक्रमका जोड दिन अनुरोध गरे । ‘सरकार सहकार्यलाई तयार छ’ उनले भने, ‘हामी छलफल नै गरेर अगाडि बढौला ।’ भेटघाटका कार्यक्रममा केन्द्रीय अध्यक्ष डा.राजेन्द्र बहादुर श्रेष्ठ र संघका कार्यकारी निर्देशक डा.प्रविण शाक्यले कार्यक्रमका वारेमा जानकारी गराएको थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको कोटीहोम प्रचारका लागि बृहत् मोटरसाइकल ¥याली, महायज्ञको उत्साह थपियो
नेपाल परिवार नियोजन संघको विशेष केन्द्रीय सधारण सभा
पोखराको कोटीहोम प्रचारका लागि ट्याक्सी ¥याली
पोखराको कोटीहोम प्रचारका लागि साइकल ¥याली
पोखराको कोटीहोम प्रचारका लागि वैशाख ११ गते साइकल ¥याली