पोखरा कोटीहोम महायज्ञमा पूर्वसन्ध्यामा विशाल शोभा कलश यात्रा, अभुतपुर्व भक्तजनको उपस्थिती

औपचारिक उद्घाटन भोलि

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १६, २०८२
WhatsApp Image 2025-04-29 at 12.13.41 PM (2) (1)

पोखरा, १६ बैशाख । पोखरामा ऐतिहासिक शोभा कलश यात्रा निकालिएको छ । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर र स्थानीयको जग्गामा आयोजना हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको पूर्वसन्ध्यामा पोखरामा ऐतिहासिक शोभा कलश यात्रा निकालिएको हो ।

शोभा यात्रामा सहभागिलाई महायज्ञ परिसरमा कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले स्वागत गरेका थिए । उनले विशला शोभा कलश यात्रा सहभागि हुने सवै प्रति आभार एवम् धन्यवाद व्यक्त गरे। ‘महायज्ञको पूर्व सन्ध्यामा भएको विशाल शोभा कलश यात्रमा देखिएको सहभागिता अभुतपुर्व रहेको थियो’ उनले भने, ‘कोटीहोम विराट ज्ञान महायज्ञमा भक्तजनको आस्था कति छ भन्ने यसैले प्रष्ट पारेको छ ।’ उनले महायज्ञभर सहभागिता जनाएर पुण्य लाभ गर्न सवैलाई अनुरोध गरे ।

विशाल शोभा कलश यात्रा पोखराको शान्तिघाट सहित पोखराका विभिन्न स्थानबाट शुरु भई नयाँ बजार, पृथ्वीचोक, सिर्जना चोक, राष्ट्रबैक चोक, हुदै कार्यक्रम स्थलमा पुगेर समापन भएको थियो । उक्त शोभा कलश यात्रामा गंगाको जलसँगै ११ हजार कलश रहेका थिए । शोभा यात्रामा आकाशबाट पुष्पवृष्टी समेत गरिएको थियो ।

विशाल शोभा कलश यात्रामा अन्तराष्ट्रिय कथा बाचिका देवी प्रतिभा, कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजी, जगद्गुरु, साधु, सन्त, महन्त, प्रसिद्ध कथा वाचक, वाचिकाको पनि सहभागिता रहेको थियो ।

शोभा कलश यात्रामा देशभर भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो । शोभा कलश यात्रामा प्रयोग गरिएका कलश महायज्ञ सकिएपछि प्र्रति कलश १ हजार ३ सय र दुई वटा कलश २ हजार ५ सयमा घरमा लैजान सकिने व्यवस्था मिलाईएको मानव सेवा फाउण्डेशन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

कलश यात्रा कार्यक्रम संयोजक दुर्गा केसीले यात्रामा जिल्ला बाहिरबाट समेत उल्लासमय सहभागिता रहेको बताउँदै सबैलाई धन्यवाद व्यक्त गरिन्। ‘हामीले अपेक्षा गरेभन्दा बढी सहभागिता भयो, जसले महायज्ञको महत्व र उत्साहलाई झल्काएको छ’– उनले भनिन्।
महायज्ञको औपचारी उद्घाटन बुधबार हुने छ । ऐतिहासिक महायज्ञ अन्तर्गतका विभिन्न प्रवचन एवम धार्मिक कार्यक्रमहरु भने जारी रहेका छन् । महायज्ञ जेठ २६ गतेसम्म चल्नेछ ।

महायज्ञमा कथा, राम कथा, शिवमहापुराण कथा, हनुमान कथा, श्रीमददेवी भागवत कथालगायतका प्रवचन, हवन, भजन, झाँकी, देवलीला र नृत्य प्रस्तुतिहरू हुने महायग मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए । यसका अतिरिक्त, विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलनलगायतका कार्यक्रमहरु राखिएको छ ।

महायज्ञमा विभिन्न सामाजिक तथा धार्मिक अभियान्त, सञ्चारकर्मीको पनि उपस्थिति रहेको थियो । महायज्ञमा उनीहरुलाई वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजी र मुल आयोजक समितिका सहसंयोजक गंगाधर पराजुलीले प्रशंशा पत्र प्रदान गरेका थिए ।
महायज्ञमा स्वदेशबाट मात्रै नभई विदेशबाट पनि विदेशी धार्मिक पर्यटकको आगमन हुन थालेको छ । ‘अतिथि देव भव’ भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै विदेशी पाउनलाई कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले फुलमालाले स्वागत गरेका थिए। महायज्ञमा सहभागि विदेशी पाउना भजनकृतनमा समेत रमाएका थिए ।

वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण भएपछि चैत्र २९ गतेदेखि अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको शुरुवातसँगै महायज्ञमा दैनिक रुपमा कथा वाचन शुरु भएको हो । महायज्ञमा हाल अन्तराष्ट्रिय कथा बाचिक देवी प्रतिभाले कथा वाचन गरेकी छन् । देवी प्रतिभाले बैशाख १८ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।

महयज्ञमा घरपझोङ गाँउपालिका जोमसोम मुस्ताङका अध्यक्ष मोहन सिंह लालचनले नगद २ लाख ५५ हजार प्रदान गरेका छन् । उनी यो महायज्ञमा अनाथ वच्चाको एक वर्षको अभिभावक बन्ने पहिलो व्यक्ति बनेका छन् ।

कार्यक्रममा सामाजिक अभियान्ता अर्जुन भुषालले आजको विशाल कलश यात्राको उपस्थितिले कार्यक्रम सफल भईसकेको बताए । ‘महायज्ञको उद्घटन नहुदै सफल भइसकेको छ’ उनले भने, धर्म संस्कृतिको जर्गेना गर्न यो कोटीहोमले नयाँ सन्देश दिएको छ ।’
उनले वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले कोटीहोम आयोजना गरी हामी जस्ता युवायुवतीलाई धर्म संस्कृतिमा जोड्नो काम गरेको बताए । मानव सेवा फाउण्डेशन नेपाल द्धारा सञ्चालित मामाको घर आश्रमका भाञ्जा भाञ्जीको नृत्य समेत रहेको थियो ।

कोटिहोममा ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले श्रद्धालुहरूलाई घ्यू, तील, तेल, देवदारु, श्रीखण्ड लगायतका सामग्री लिएर उपस्थित हुन फाउण्डेशनले अनुरोध गरेको छ ।

आयोजकले सामाजिक सञ्जालमा मानवसेवाफाउण्डेशन र गण्डकीकोटिहोम ह्यासट्याग प्रयोग गरी छोटा भिडियो बनाउने व्यक्तीलाई २५ हजार सम्मको पुरस्कार र सम्मानपत्र प्रदान गर्ने घोषणा गरेका छन्। यो पहलले युवा र समुदायको रचनात्मक सहभागितालाई प्रोत्साहन आयोजकले अपेक्षा गरेको छ ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग