पोखरा, २३ जेठ । पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्टको काम तीव्र गतिमा अघि बढेको छ ।
अक्सिजन प्लान्ट निर्माण समितिका संयोजक आनन्द बतासका अनुसार, अक्सिजन प्लान्टका लागि फ्रान्सको नोभा एयर कम्पनीसँग मेशिन खरिद प्रक्रिया अघि बढिसकेको छ ।
अब करीब चार हप्तामा मेशिन पोखरा आइपुग्ने र त्यसको २ दिनपछि नै अक्सिजन उत्पादन शुरु हुने संयोजक बतासको भनाइ छ ।
‘सबैको सकारात्मक सहयोगमा काम अघि बढेको छ, संयोजक बतासले भन्नुभयो – अबको एक महिनामा अक्सिजन उत्पादन शुरु हुन्छ।’
प्लान्टका लागि नागरिकस्तरबाट २ करोड ६० लाख रुपैयाँ संकलन भैसकेको छ ।
आर्थिक सहयोग जुटाउन अभियानमा करीब चार हजार जनाले आर्थिक सहयोग गर्नुभएको छ । करीब तीन करोड ३० लाखको लगानीमा अक्सिजन प्लान्ट निर्माण गरिने योजना छ ।
अक्सिजन प्लान्टले दैनिक एक सय सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने र एक सय जना बिरामीलाई पुग्ने संयोजक बतासले बताउनुभयो।
Related News
सम्बन्धित समाचार
हेमजाको तीज मेलामा कमल जौशी समूह प्रथम
भगवान् कृष्ण सबैको आास्थाको केन्द्र – प्रदेश प्रमुख भट्ट
कुँडहर सहकारी र मणिपाल अस्पताल बीच सम्झौता
कास्की काँग्रेसले भेट्यो राष्ट्रपति सहित नौ मन्त्री
पोखरा १३ मा सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निशुल्क स्वास्थ्य परीक्षण
Archives
Archives