महामारीमा देश र जनताको साथमा केसी ग्रुप

राष्ट्र न्यूज सम्वाददाता
जेठ २८, २०७८
kc

पोखरा, २८ जेठ । केसी ग्रुपले कोरोना महामारीका बेला देश र जनताको साथमा रहेर सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिवद्वता व्यक्त गरेको छ ।

समाजप्रतिको उत्तरदायित्व बहन गर्दै विभिन्न सहयोगका माध्यमबाट केसी ग्रुपले आफ्नो उपस्थिति जनाइरहेको छ ।

पछिल्लो पटक केसी ग्रुपले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निर्माण गर्न लागिएको अक्सिजन प्लान्टका लागि २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

त्यस्तै, कास्कीको सिक्लेसका लागि ३ वटा अक्सिजन सिलिण्डर, ताङतिङका लागि दुई वटा अक्सिजन सिलिण्डर र पोखरा १७ को डेभिड फल क्लबलाई  दुई वटा अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

आफ्ना स्व. बुबा सूर्य बहादुर केसीले समाजप्रति निर्वाह गर्दै आएको भूमिकालाई केसी ग्रुपले निरन्तरता दिने छोरा एवं ग्रुपका निर्देशक किरण केसीले बताउनुभयो ।

निर्देशक केसीले समाजप्रति निर्वाह गनुपर्ने हरेक सामाजिक उत्तरदायित्व पूरा गर्न सदैव प्रतिवद्व रहेको उल्लेख गर्नुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग