साढे दुई घण्टा मोवाइल सेवा अवरुद्व, भर्खर सुचारु

राष्ट्र न्यूज सम्वाददाता
असार ९, २०७८
NTC

पोखरा, ९ असार । देशभर अवरुद्व बनेको नेपाल टेलिकमको मोवाइल सेवा सुचारु भएको छ ।

मोवाइल सेवाको जिएसएम सिष्टममा समस्या आएपछि आज बिहानैदेखि सेवा अवरुद्व भएको हो ।

सेवा अवरुद्व हुँदा देशभर दुई करोड मोवाइल सेवा प्रयोगकर्ता प्रभावित भएका छन् ।

‘करीब ६ बजदेखि ८ः३० सम्म मोवाइल सेवा अवरुद्व भयो, टेलिकमका सूचना अधिकारी तिलक शर्माले भन्नुभयो, मर्मतपछि सबै समस्या समाधान भएको छ, अब कुनै समस्या छैन।’

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै