गण्डकी प्रदेशमा नयाँ भेरियन्ट पुष्टि

राष्ट्र न्यूज सम्वाददाता
असार २७, २०७८
corona 2

पोखरा, २७ असार । गण्डकी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ ।

गण्डकी प्रदेशका पाँच जनामा नयाँ भेरियन्ट डेल्टा पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका १४ र ६० वर्षीय पुरुष, गोरखाको बारपाक मुलिकोट गाउँपालिकाका ७०, ३३ र ४० वर्षीया तीन महिलामा पुष्टि भएको हो ।

यसको संक्रमण दर बढी हुने भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives