गण्डकी प्रदेशमा यस्तो छ कोभिड विरुद्वको खोपको तयारी

राष्ट्र न्यूज सम्वाददाता
असार २९, २०७८
khop photo

पोखरा, २९ असार । गण्डकी प्रदेशका नागरिकलाई कोभिड विरुद्वको खोप लगाइदै छ ।

कास्कीमा लमजुङ्, तनहुँमा आज मङ्गलबारदेखि नै खोप शुरु हुँदैछ ।

मनाङ, मुस्ताङ, म्याग्दी, नवलपरासी, स्याङ्जा लगायतका जिल्लामा भने सम्भवत् भोलिदेखि शुरु हुने तयारी छ ।

‘आजदेखि नै गण्डकीमा खोप शुरु हुने छ, स्वास्थ्य निर्देशनालय गण्डकीका प्रमुख खिम बहादुर खड्काले भन्नुभयो– जिल्लाको बस्तुस्थित हेरेर खोप कार्यक्रम तय गर्न भनेका छौं ।’ गण्डकी प्रदेशका लागि एक लाख ४२ हजार ६ सय ५० मात्रा भेरोसिल खोप आएको छ ।

५५ वर्ष र सो उमेर माथिका खोप लगाउन बाँकी सबै नागरिक, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन छुटेका व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई यो खोप दिइने छ ।

गण्डकी प्रदेशका लागि जोन्सन खोप भने आइसकेको छैन । सो खोप शुरु गर्न अझै चार÷पाँच दिन लाग्ने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives