‘नेता कुँवरको निधनले ट्रेड युनियन आन्दोलनले अभिभावक र पार्टीले असल नेता गुमायो’

रासस
श्रावण २, २०७८
Sok ramji

पोखरा, २ साउन । नेपाली काँग्रेसका नेता रामजी कुँवरको निधनले ट्रेड युनियन आन्दोलनले अभिभावक र पार्टीले असल नेता गुमाएको बताइएको छ ।

नेपाली काँग्रेस कास्कीले नेता कुँवरको स्मृतिमा पोखरामा शनिवार आयोजना गरेको श्रद्वाञ्जली सभाका वक्ताहरुले नेता कुँवरलाई शालिन, असल र इमान्दार नेताका रुपमा स्मरण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले स्वर्गीय कुँवरको स्मरणका लागि केही काम गर्न आवश्यक रहेको बताउनुभयो ।

केन्द्रीय सदस्य गगन थापाले स्वं कुँवरको व्यवहार र सहयोगीभावप्रति सबैले गौरव गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले घर, परिवार र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई ध्यान दिने नेताका रुपमा उहाँको स्मरण गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश नरसिंह केसी, नेता केदार नरसिंह केसी, पूर्व मन्त्री यज्ञबहादुर थापा, नेता सोभियत बहादुर अधिकारी, कास्की काँग्रेसका उपसभापति आइ बहादुर गुरुङ, नेतृ सरस्वती गुरुङ, नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाल ट्रेड युनियन काँग्रेसका उपमहासचिव राजेश पालिखे, नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीका सभापति पोषनाथ शर्मा, पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ, अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर, पोखरा ६ सभापति बलराम गिरी, नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेश सभापति मुरारी शर्मा, परिवारको तर्फबाट प्रशान्त कुँवर र दीपकवीर कुँवरले बोल्नुभएको थियो ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रम सचिव देवेन्द्र रानाभाटले सञ्चालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives