सराङकोटमा एमाले सचिवालय सदस्य खड्काको नेतृत्वमा एक सय २० बढी काँग्रेस प्रवेश

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १४, २०७८
party

पोखरा, १४ साउन । पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा एक सय २० जना भन्दा बढीेले नेकपा एमाले छाडेर नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

नेकपा एमाले कास्कीका सचिवालय सदस्य सूर्य बहादुर खड्काको नेतृत्वमा उहाँहरु पार्टी प्रवेश गर्नुभएको हो । नेपाली काँग्रेस कास्कीले बिहीबार आयोजना गरेको कार्यक्रममा नेता शुक्रराज शर्मा, सभापति कृष्ण केसी, उपसभापति आइ बहादुर गुरुङ र देवेन्द्र रानाभाटले उहाँहरुलाई सदस्यता प्रदान गरी स्वागत गर्नुभएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

‘एमालेले भ्रम सृजना गर्न बाहेक केही गर्न सकेन, त्यसैले एमाले छाड्यौ, सूर्य बहादुर खड्काले भन्नुभयो, एमालेमा लाग्दा गल्ति गरेछौं, त्यसैले काँग्रेस प्रवेश गरेका हौ।’

एमाले सरकारका रहँदा जनताको आधारभूत आवश्यकता पूरा नगरेको र सस्तो लोकप्रियताका लागि मात्र अघि बढेको उहाँको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेता शुक्रराज शर्माले काँग्रेसमा मात्र सबै वर्ग र क्षेत्र सुरक्षित हुने बताउनुभयो । ‘काँग्रेस प्रवेश गरेर प्रजातन्त्र र स्वतन्त्रता रोज्नुभयो, उहाँले भन्नुभयो, तपाईहरुलाई पार्टी भित्र मर्यादा पाउनुहुन्छ।’

कास्की काँग्रेसका सभापति कृष्ण केसीले जनताका आवश्यकतालाई प्राथमिकतामा राखेर पार्टीले काम गर्ने भन्दै ढुक्क हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सदस्य कृष्ण प्रसाद तिमिल्सिना, आमन्त्रित सदस्य आश बहादुर गुरुङ, पोखरा १८ इकाइ सभापति शिव प्रसाद तिमिल्सिना, प्रवेशी इन्द बहादुर जलारीले बोल्नु भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै