पोखरा, २६ साउन । संयुक्त संघर्ष समितिको अगुवाइमा नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलित भएका छन् ।
ट्रेड युनियन अधिकार रक्षा एवं संस्थागत विकास र सुशाशनका लागि आन्दोलनमा उत्रनु परेको कर्मचारीको भनाइ छ ।
कर्मचारी विनियमावली कर्मचारी मैत्री बनाउनुपर्ने, कर्मचारीहरुलाई समान र सम्मानजनक सामाजिक सुरक्षा एवं वृत्ति विकासको अवसर सृजना हुने गरी कर्मचारी विनियमावलीमा व्यवस्था गर्नुपर्ने माग कर्मचारीको छ ।
त्यस्तै, कर्मचारीहरुले कम्पनीको व्यवसायिकता एवं प्रतिस्पर्धी क्षमता अभिवृद्वि गरी आम्दानीमा भइरहेको गिरावट रोक्न र कम्पनीको वैज्ञानिक पुनसंरचना गर्न, सेवाग्राहीलाई सर्वसुलभ र भरपर्दाे सेवा उपलब्ध गराउन, आधिकारीक ट्रेड युनियनसँग गरिएका सम्झौता कार्यान्वयन गर्न पनि माग गरेका छन् ।
केन्द्रीय कार्यालयमा विगत २१ दिन र सात वटै प्रादेशिक कार्यालयमा भने विगत तीन दिनदेखि आन्दोलन जारी रहेको छ । आन्दोलित कर्मचारीहरुले टेलिकमको प्रादेशिक कार्यालय पोखरामा निर्देशकको कार्यकक्ष अघि एक घण्टा दिएका छन् ।
हातमा कालो पट्टि बाँधेर १० देखि ११ बजेसम्म धर्ना दिइएको हो । कर्मचारीहरुले कार्यालयको सेवामा भने कुनै अवरोध गरेका छैनन् ।
Related News
सम्बन्धित समाचार
कोटिहोमको तयारी अन्तिम चरणमा
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
जापानका सांसद र नगर प्रमुख आचार्यबीच भेटवार्ता
Archives
Archives