पोखरा, ३ भदौं । सिन्धुलीको कमलामाई नगरपालिका(१४ तल्लो रानिबास बस्ने ४५ वर्षीय काले माझीको करेन्ट लागेर मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने भतिज हंकु माझीको घर ढलान गर्ने क्रममा विद्युतीय भाईब्रेशन मेसिनबाट करेन्ट लागेर गम्भीर घाइते माझीको शुभस्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता लहान नगरपालिका १ मटियर्वा बस्ने ८५ वर्षीया सियाबती देवी रामको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरतर्फ जाने क्रममा विद्युतको काठको पोल भाच्चिएर बिद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते उहाँको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
त्यस्तै, धनुषाको मिथिला बिहारी नगरपालिका(९ कटरईत नयाँ टोल बस्ने सुजित यादवको ६ वर्षीय छोरा विनेक यादवको करेन्ट लागेर मृत्यु भएको छ ।
घरमा रहेको मिटरबाट मोटर चलाउन जोडिराखेको तारमा करेन्ट लागेर गम्भीर घाइते यादवलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Related News
सम्बन्धित समाचार
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेश
आवधिक योजना बनाएर काम गर्छु ः स्वास्थ्यमन्त्री पाठक
चट्याङ लागेर कार्यपालिका सदस्य घाईते
Archives
Archives