लमजुङ, १५ भदौ (रासस) । सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ मा एक घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ ।
आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उहाँकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आगलागीको कारण यही हो भन्न नसकिए पनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे । त्यही समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ ।
बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०/१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर फर्किएका थिए ।” ढुङ्गामाटाका गाह्रो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर जलेर नष्ट भएको छ ।
घरभित्र रहेका केही पनि सामान निकाल्न नभ्याएको प्रहरीले जनाएको छ । त्यहाँका घरहरू पनि टाढाटाढा छन् । प्रहरीले ढिलो खबर भएकाले समयमै पुग्न नसकेको बताएको छ ।
के कति भौतिक क्षति भयो भन्नेबारे यकिन भइ नसकेको प्रहरी हवल्दार गुरुङको भनाइ छ । धर्मराज पूर्वगोरखा सैनिक रहेका स्थानीयको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम