सांगठनीक योजना निर्माणमा कास्की काँग्रेस

राष्ट्र न्यूज सम्वाददाता
पौष १९, २०७८
Gosthi

पोखरा, १९ पुस । नेपाली काँग्रेस कास्की पार्टी सदृढिकरणका लागि सांगठनीक योजना निर्माणमा जुटेको छ ।

‘संगठनलाई मजबुत बनाउन योजना आवश्यक पर्छ, योजना अनुसार नै पार्टीलाई अघि बढाउन खोजेका हौं, कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले भन्नुभयो – कास्की काँग्रेसले अब के गर्छ, त्यो योजनाबाट निर्देशित हुनेछ ।’

योजना निर्माणका लागि पार्टीले सोमबार पोखरामा कार्याशाला गोष्ठी गरेर योजना प्रस्तुत गरी सुझाव समेत लिएको सहसचिव नवीन सिग्देलले जानकारी दिनुभयो ।

कार्यक्रममा कास्की काँग्रेसका पदाधिकारी एवं सदस्य, क्षेत्रीय सभापति, प्रदेश सभापति, पोखरा महानगर सभापति, गाउँपालिका सभापति, निर्वाचित वडाअध्य र उद्योग÷व्यवसायीको सहभागिता रहेको थियो ।

प्राप्त सुझावका आधारमा योजनालाई अन्तिम रुप दिइने छ । पहिलो चरणको योजना निर्वाचन लक्षित गर्दै ६ महिनाको बनाइने छ ।

कार्यक्रमलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा इन्द्र तिवारी, पूर्व प्रशासक सूर्यप्रसाद भण्डारी, महाधिवेशन प्रतिनिधि डा. कृष्णप्रसाद पौडेल, शिक्षासेवी विष्णु अधिकारीले लगायतले सहजीकरण गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै