पोखरा, २७ पुस । नेपाल निजामित कर्मचारी युनियन कास्कीको आठौँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन भएको छ ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुरेश श्रेष्ठ लगायत पदाधिकारी र सदस्यहरुको पदस्थापन गरिएको थियो । डेमोक्रेटिक लयर्स एशोसिएसन कास्कीका अध्यक्ष एवं निर्वाचन अधिकृत कपिलमणि दाहालले पदस्थापन तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा निर्वतमान अध्यक्ष र सचिवले नयाँ निर्वाचित अध्यक्ष र सचिवलाई माइन्युट हस्तान्तरण गर्नुभयो । यही पुस २३ र २४ गते सम्पन्न कर्मचारी युनियनको अधिवेशनले सुरेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।
यसैगरी खुल्ला उपाध्यक्षमा केदार सापकोटा, महिला उपाध्यक्ष सीता बराल ढुंगाना, समावेशी उपाध्यक्ष विशन थापा, सचिव ई सुमन शर्मा, युवा सहसचिव जिवनाथ शर्मा र कोषाध्यक्षमा चेतराज आचार्य निर्वाचित हुनुभएको थियो ।
यसैगरी खुला सदस्यहरुमा दीपक शर्मा पराजुली, सुनिल ढकाल, अनिल बराल, पुष्पराज अधिकारी रहनुभएको छ । महिला सदस्यहरुमा राममाया कडरिया श्रेष्ठ र रन्जना पोखरेल पौडेल, सदस्य श्रेणी बिहिनमा मुक्ति गिरी र डालाराम बसौला निर्वाचित हुनुभयो ।
अधिवेशनले दीपक रेग्मी, अर्जुन गुरुङ्ग, चित्रा ढकाल, विश्व राज आचार्य र बद्री पौडेललाई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित गरेको छ ।
नवनिर्वाचित अध्यक्ष सुरेश श्रेष्ठले कर्मचारीहरुको हक हित र अधिकारका लागि लागि पर्ने प्रतिवद्धता व्यक्त गर्दै कर्मचारी युनियन संघलाई देशकै ठूलो कर्मचारी संगठन बनाउन आफू लागि पर्ने बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न