तनहुँ, २३ चैत (रासस) :जिल्लाको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छिन् ।
सदरमुकाम दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता छिन् । बन्दना बीच बाटोबाटै हराएकी स्थानीय तीर्थ बर्देवाले जानकारी दिनुभयो ।
उनी स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । ऋषिङ गाउँपालिका–१ गैह्राखुदीबाट छोरी बेपत्ता भएको भन्दै मङ्गलबार बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि जाहेरी दिएका छन् ।
उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
कार्तिक ३०, २०८१लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
कार्तिक २९, २०८१हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
कार्तिक ३०, २०८१उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१
Related News
सम्बन्धित समाचार
माछापुच्छ्रे गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
Archives
Archives