जलेश्वर, ३ वैशाख (रासस) ःमहोत्तरीको मनरासिस्वा नगरपालिका–३ स्थित वनमा गएराति एक महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी गाउँपालिका–५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी ५९ वर्षीया जिवशीदेवी शुक्रबार साँझ ५ बजे घाँस काट्न वनमा गएकी र रातिसम्म नफर्केपछि खोजतलास गर्दै जाँदा वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।
राति १० बजे पोखरभिण्डास्थित प्रहरी चौकीलाई खबर गरेलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले जाँचबुझ गर्दा उनको शरीरमा कुनै चोटपटक नदेखिएको जनाइएको छ ।
स्थानीयवासी तथा आफन्तले उनको मृत्यु सर्पदंश वा उच्च तथा अल्प रक्तसञ्चारका कारण भएको हुनसक्ने अनुमान लगाएका छन् । प्रहरीले यसबारे अनुसन्धानको काम अगाडि बढाइसकिएको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेश
आवधिक योजना बनाएर काम गर्छु ः स्वास्थ्यमन्त्री पाठक
चट्याङ लागेर कार्यपालिका सदस्य घाईते
रसिया पुगेका थापा सम्पर्क विहिन भएपछि परिवारको विचल्ली
Archives
Archives