काठमाडौँ, १३ जेठ (रासस) :नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकले पु¥याएको योगदानको स्मरण गर्दै आज ‘अन्तरराष्ट्रिय शान्ति सेना दिवस–२०२२’ विशेष कार्यक्रमका साथ मनाएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा आयोजित समारोहमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले विश्व शान्ति स्थापनाकार्यमा खटिएदेखि नै प्रदर्शन गरेको उच्च तहको पेशागत दक्षता एवं समर्पणको प्रशंसा गर्नुभयो ।
उहाँले तीनवटै सुरक्षा निकायका शान्ति सैनिकले शान्ति स्थापनाकार्यमा पु¥याएको अतुलनीय योगदानका लागि विगत र हालका नेतृत्वसमेतलाई बधाई दिनुभयो ।
प्रधानसेनापति प्रभुराम शर्माले हालका दिनमा शान्ति मिसनमा बढ्दो सुरक्षा जटिलतालाई दृष्टिगत गरी शान्ति सैनिकको पेशागत क्षमता अभिवृद्धि गर्नु आवश्यकता रहेको बताउनुभयो ।
उहाँले संयुक्त राष्ट्र सङ्घको लैङ्गिक समानता रणनीतिप्रति नेपाली सेना प्रतिबद्ध रहेको र भविष्यमा शान्ति मिसनमा महिला सहभागितालाई वृद्धि गर्ने बताउनुभयो ।
समारोहमा गृहमन्त्री बालकृष्ण खाँणले विश्वशान्ति स्थापनाको सिलसिलामा वीरगती प्राप्त गरेका शान्ति सैनिकको सम्मानमा शान्ति स्मारकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्नु भएको थियो ।
उहाँले यस वर्ष शान्ति स्थापनाकार्यमा निःस्वार्थ भावनाले बहादुरीपूर्वक कार्य गरी विशेष योगदान पु¥याउनु भएका दुई जनालाई प्रशंसापत्र तथा वीरगती प्राप्त पाँच जना नेपाली शान्ति सैनिकलाई मेडल (तक्मा) सहित सम्मानपत्र प्रदान गर्नु भएको थियो ।
समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्रसङ्घको झण्डोत्तोलन गर्नु भएको थियो । बलाध्यक्ष रथी सरोजप्रताप राणाले विश्व शान्ति तथा सुरक्षा स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण शान्ति सैनिकले पु¥याउनु भएको योगदानको प्रशंसा गर्नुभयो ।
Related News
सम्बन्धित समाचार
कोटिहोमको तयारी अन्तिम चरणमा
नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
Archives
Archives