लमजुङ, १५ जेठ (रासस) :पहाडी जिल्ला लमजुङस्थित मध्यपहाडी लोकमार्गमा आज दिउँसो टिपर दुर्घटना हुँदा मृत्यु भई पहिचान खुल्न बाँकी तीनको पहिचान खुलेको छ ।
मध्यनेपालस्थित भोर्लेटारबाट सोही पालिका–७ तर्फ आउँदै गरेको बा४ख ७७८१ नंको टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको थियो ।
पहिचान खुल्न बाँकी मृतक गोरखा जिल्लास्थित गोरखा नगरपालिका–१२ का अन्दाजी २४ वर्षीय रवीन्द्र सेडाइँ, तनहुँ व्यास नगरपालिका–७ कलेस्तीका ४५ वर्षीय उत्तम न्यौपाने र सल्यान जिल्ला कमाख गाउँपालिकाका २२ वर्षीय पारस शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो ।
उक्त सवारीका चालक धादिङ जिल्ला गजुरी गाउँपालिका अन्दाजी २७ वर्षीय आकाश घिमिरेको यसअघि नै पहिचान खुलिसकेको थियो । साँघुरो सडक र अधिक भारका कारण दुर्घटना हुँदा टिपर सडकबाट ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
मृतकमध्ये तीनजनाको सोही टिपरले च्याप्दा मृत्यु भएको थियो । प्रहरी र स्थानीयवासीले उनीहरुको उद्धार गरेका थिए ।
सबै जना मध्यनेपालस्थित मध्यपहाडी लोकमार्गमा काम गर्ने मजदुरहरु रहेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । मृतक चारजनाकै शवपरीक्षणका लागि छिमेकी जिल्ला तनहुँको दमौली अस्पताल लैजाने प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
एन प्याव्सन कास्कीको २६ औ वार्षिक साधारण सभा
होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
Archives
Archives