काठमाडौँ, १६ जेठ (रासस) :नेपाली कांग्रेसले यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रुवाहक विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
सो विमान मुस्ताङको थसाङ गाउँपालिका–२ को सानोस्वारे भिरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित सम्पूर्ण यात्रुका निधन भएको थियो ।
कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले आज एक विज्ञप्तिमार्फत यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक, सहचालक, परिचारिका र यात्रुहरू सबैमा भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न पनि कांग्रेसले नेपाल सरकारसँग माग गरेको छ ।
Related News
सम्बन्धित समाचार
नयाँ प्रहरी ऐनमा सामुदायिक (प्रहरी) सेवा केन्द्रलाई समेट्न कास्कीका सामुदायिकको आग्रह
हेमजाको साझा चोकदेखि तिब्बतियन क्याम्प सम्मको सडक स्तरोन्नति कार्य शुरु
एभरेस्ट एफएमको चौथो वार्षिकोत्सवमा मानव सेवा आश्रममा थप १ लाख प्रदान
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
Archives
Archives