काठमाडौँ, २८ जेठ (रासस) ःभक्तपुर जिल्लाको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ३६ मिनेट जाँदा भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।
केन्द्रका भूकम्पविद् सुजनकुमार सुवेदीले विसं २०७२ वैशाख १२ गते गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५८३ परकम्प गएको राससलाई जानकारी दिनुभयो ।
उक्त भूकम्पको धक्का काठमाडौँ उपत्यकाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
कास्कीको माछापुच्छ«ेमा मंसिर ६ गतेदेखि छैठौं राष्ट्रिपति रनिङ शिल्ड हुने
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
सभापति लामिछाने पक्राउसँगै रास्वपाको पोखरामा विरोध प्रर्दशन
हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल हुदै
रास्वपा सभापति लामिछाने पक्राउ
Archives
Archives