भूकम्पको धक्का

रासस
असार २६, २०७९
earthque
बैतडी, २६ असार (रासस) : बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिनुभयो ।

भूकम्पबाट क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि गत जेठ २४, वैशाख २८ र वैशाख ६ गते पनि सुदूरपहाडमा भूकम्प गएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै