काठमाडौँ, ३१ जेठ (रासस) :नेपालसहित विभिन्न चार देशका कलाकारको सहभागितामा पोखरा र आसपासका क्षेत्रमा शनिबारदेखि बृहत् आर्ट क्याम्प हुन लागेको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आगामी असोज १ देखि ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’मा नेपालसहित भारत, बङ्गलादेश र इरानका एक सय १८ कलाकारको सहभागिता रहने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले जनाएको छ ।
नेपालका ९० सहित भारतका आठ, बङ्गलादेशका १७ र इरानका छ जना कलाकारको सहभागिता रहने कार्यक्रमको सबै तयारी पूरा भएको छ । आर्ट क्याम्पअन्तर्गत असोज १ गते भारत, बङ्गलादेश र नेपाललका १२ जना प्रसिद्ध कलाकारले प्रत्यक्ष कला ‘डेमोष्ट्रेसन’मा सहभागी हुनेछन् ।
दोस्रो दिन घाचोकका दृश्य क्यान्भासमा उतार्ने गरी कार्यशाला सञ्चालन हुनेछ भने तेस्रो दिन विश्वशान्ति स्तुपामा कला कार्यशाला तथा प्रदर्शनी गरिनेछ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण ललितकलाका गतिविधि भर्चुअलमा सीमित भइरहेको सन्दर्भमा सङ्क्रमण न्यून भएसँगै उक्त कार्यक्रम भौतिक उपस्थिति गर्न लागिएको हो ।
अब भने विस्तारै कला पर्यटन प्रवद्र्धन गर्दै कलामार्फत नेपालको पहिचान विश्वव्यापी पु¥याउने प्रयास थालिएको कार्यक्रम संयोजक आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिनुभयो ।
‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कला कार्यशालाका साथै कला सेमिनार, कला पर्यटन भ्रमण तथा कला प्रदर्शनी हुनेछ
। गण्डकी प्रदेश कला, साहित्य, सङ्गीत र संस्कृतिको उर्बरभूमि र हरेक जातिको आफ्नै गौरवपूर्ण भाषा र संस्कृतिको रमणीय स्थान हो । उक्त कार्यक्रमले आर्ट क्याम्पमार्फÞत गण्डकीको सुन्दरता विश्वभर पुग्ने विश्वास कलाकारको छ ।
ललितकलाको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम गर्दै आएको आइडब्लुएस नेपालले यसअघि काठमाडौँ, घान्द्रुक र लुम्बिनीमा अन्तर्राष्ट्रिय जलरङ महोत्सव सम्पन्न गरिसकेको छ ।
पछिल्लो कला महोत्सव भने कोरोनाका कारण प्रभावित भएको र उपयुक्त समयमा आयोजना गर्नै जनाइएको छ । कार्यक्रमको स्थानीय संयोजकमा मनोज तामाङ हुनुहुन्छ । कार्यक्रममा अग्रज कलाकारलाई सम्मानसमेत गरिने छ ।
कार्यक्रममा सहभागी हुने विदेशी कलाकार नेपाल आइसकेका छन् । कार्यक्रमका लागि विदेशीसहित उपत्यकामा रहेका कलाकार आजै पोखरा जाँदै छन् ।
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोड– प्रदेश प्रमुख भट्ट
Archives
Archives