काठमाडौँ, २१ कात्तिक (रासस) ःहाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
उक्त मौसमी प्रणालीको प्रभावले बदली हुनका साथै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ ।
राजधानी काठमाडौँमा बिहान बदली रहे पनि अहिले केही खुलेको छ । दिउँसो पुनः बदली रहनुका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आज हल्का बदली रहे पनि वर्षाको सम्भावना नरहेको मौसमविद् बासीले बताउनुभयो ।
हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
आज काठमाडौँको अधिकतम तापक्रम २४ र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ ।
Related News
सम्बन्धित समाचार
१७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
रास्वपा सभापति लामिछानेलाई १५ दिन हिरासतमा राख्न अनुमति
प्रेम–शान्ति आख्यान पुरस्कार साहित्यकार समीपलाई प्रदान गरिने
मन्त्री केसीसँग अपाङ्ग महिला सशक्तिकरण केन्द्रको ६ बुँदे माग
कोटिहोमको तयारी अन्तिम चरणमा
Archives
Archives