पोखरा, २८ कात्तिक । कास्की क्षेत्र ं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले कास्कीको राजनीतिक पहिचान बनाउने गरी काम गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।
‘कास्की प्राकृतिक सुन्दरता, तालतलैयाले मात्र चिनिएको छ, उहाँले भन्नुभयो – अब राजनीतिक पहिचान पनि बनाउनुपर्छ ।’
उहाँले मतदाताले गर्वको अनुभुति गर्ने गरी आफूले संसदमा काम गर्ने उल्लेख गर्नुभयो । बलियो संसद निर्माणका लागि आफूले भुमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।
मतदाताबाट प्राप्त प्रेम, सद्भाव र विश्वासले आफूलाई उत्साहित बनाएको बताउनुभयो । ‘मतदाताले ढुक्क हुनहोस्, विजयी हुनुहुन्छ भन्नुभएको छ, उम्मेद्बार बरालले भन्नुभयो – निकै उत्साहका साथ मतदाता भेटघाटमा छु ।’
उहाँले राजनीतिमा अनुशासन, मर्याद र शुद्वता आवश्यक रहेको बताउनुभयो । उम्मेद्बार बरालले वर्तमान शिक्षा व्यवस्थामा परिवर्तन गरी शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्ने उल्लेख गर्नुभयो । कृषि, पर्यटन, शिक्षा, बेरोजगारीको अन्त्य र आयात प्रतिस्थापनमा जोड दिनुभयो ।
पोखरा १४ मा सोमबार मतदाता भेटघाट र घरदैलो गर्दै उहाँले गठबन्धनको सरकारले अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने र भूमिहीन सुकुम्बासीलाई लालापूर्जा उपलब्ध गराउने बताउनुभयो ।
कास्की क्षेत्र नं १(ख) प्रदेश सभा उम्मेद्बार दीपक गुरुङले जनताको दुःख र सुखमा सदैव साथमा रहने बताउनुभयो ।
्
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न