काठमाडौँ, १३ मङ्सिर (रासस) :प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म कूल ९६ लाख दुई हजार पाँच सय ७६ मतगणना भएको छ ।
आज बिहान १०.३० बजेसम्मको गणन अनुसार नेकपा(एमाले)ले २५ लाख ९३ हजार चार सय ६६ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले २४ लाख ५७ हजार तीन सय तीन मत प्राप्त गरेको छ ।
नेकपा(माओवादी केन्द्र)ले ११ लाख चार हजार आठ सय ३३ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७४ हजार एक सय ९६ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५२ हजार आठ सय ७४, जनता समाजवादी पार्टीले तीन लाख ५८ हजार नौ सय २२ मत प्राप्त गरेको छ ।
आयोगका अनुसार जनमत पार्टीले तीन लाख एक हजार छ सय २० मत, नेकपा( एकीकृत समाजवादी)ले दुई लाख ६५ हजार पाँच सय ४७ मत प्राप्त गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४५ हजार तीन सय पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ३८ हजार चार सय आठ, नेपाल मजदूर किसान पार्टीले ७३ हजार एक सय ६९, हाम्रो नेपाली पार्टीले ५३ हजार तीन सय ५२ , मङ्गोल नेशनल अर्गनाइजेशनले ४६ हजार पाँच सय एक र राष्ट्रिय जनमोर्चाले ४५ हजार तीन सय पाँच मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ ।
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोड– प्रदेश प्रमुख भट्ट
Archives
Archives