पोखरा, २५ माघ । चापाकोट पर्यटन प्रवद्र्वन समितिको आयोजनामा चापाकोट देउरालीमा तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे साँस्कृतिक महोत्सव – २०७९ सुरु भएको छ ।
महोत्सव उद्घाटन गदै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले फेवाताल जोगाउन पोखरा –२३ का वडाबासीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
गण्डकी प्रदेशसभाका निर्वतमान सदस्य राजीव पहारीले पोखरा २३ को विकासको लागि आफूले पहल गरेको बताउनुभयो ।
वडा अध्यक्ष रामकाजी गुरुङले मेला महोत्सवले वडाको विकासमा सहयोग हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा समाजसेवी शिवलाल पराजुली, महोत्सव संयोजक चेतनाथ देवकोटा, चापाकोट पर्यटन प्रवद्र्वन समितिका अध्यक्ष भिम पराजुली लगायतले बोल्नुभएको थियो ।
२८ गते सम्म हुने मेला २५ हजार भन्दा बढीले अवलोकन गर्ने चापाकोट पर्यटन प्रवद्र्वन समितिका अध्यक्ष भिम पराजुलीले जानकारी दिनुभयो । महोत्सवमा विभिन्न प्रतियोगिता समेत राखिएको छ ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सव
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
Archives
Archives