पोखरा, २७ माघ । चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव – २०७९ जारी रहेको छ ।
चापाकोट देउरालीमा २४ गदेदेखि शुरु भएको महोत्सव २८ गतेसम्म चल्नेछ । चापाकोट पर्यटन प्रवद्र्वन समितिले महोत्सव आयोजना गरेको हो ।
महोत्सवमा बोल्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले महोत्सवले संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवमा नौमती बाजा प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता, महिला र पुरुष दौड प्रतियोगिता गरिएको छ ।
महोत्सव २५ हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । होमस्टेसँगै स्थानीय क्षेत्रको प्रवद्र्वन गर्न महोत्सव सफल हुने आयोजक समितिका अध्यक्ष भिम पराजुलीले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सव
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
Archives
Archives