पोखरा, २ फागुन । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री रोशन बहादुर गाहामगरले मङ्गलबार पोखराका अग्रज तथा क्रियाशील पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको छ ।
कार्यक्रममा मन्त्री गाहामगरले आफू मिडियामैत्री रहेको बताउनुभयो । उहाँले मिडिया विधेयक पारित गर्ने सन्र्दभमा पत्रकारहरुको राय र प्रतिक्रिया अनुसार अगाडी बढ्ने स्पष्ट पार्नुभयो ।
मन्त्री गाहामगरले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेको बताउदै मन्त्रिपरिषद्को निर्णय २४ घण्टामा सार्वजनिक गर्न भनिएपनि त्यो भन्दा अगावै सार्वजनिक गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । आफूले भर्खरै मात्र मन्त्रालय सम्हालेको बताउदै मन्त्रालय समायोजन र कर्मचारी व्यवस्थापनमा लागिरहेको उहाँको भनाइ छ ।
उहाँले फरक प्रसंगमा बोल्दै मन्त्रालयले वितरण गर्दै आएको लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित तवरले वितरण गर्ने बताउनुभयो ।
कानुन मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम शाखा अधिकृत खुबीराम पोख्रेलले संचालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशलाई अपराध नियन्त्रण प्रदेश वनाउन लाग्ने छु – प्रहरी नायव महानिरीक्षक रावल
१३ औं संस्करणको पोखरा महोत्सवको तयारी, छात्रावास निर्माण गर्दै
निर्वाचित पत्रकारहरुको सपथग्रहण तथा पदस्थापना
दियालो कृषि सहकारीको १३ औं वार्षिक साधारण सभा
गुणस्तरमा कुनै सम्झौता हुदैन— प्रमुख पौडेल
Archives
Archives